असोज १७ देखि सेभेन ए साइड हुँदै

पोखरा ।
एट टु नाइन युवा क्लबको आयोजनामा असोज १७ देखि खुला सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । ‘युवा एकता, खेलकुद विकास तथा स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ फुटबल प्रतियोगिता हुन लागेको हो ।
२३ गतेसम्म पोखरा १३ माछापोखरी खेल मैदानमा हुने प्रतियोगिताका विजेताले नगद १ लाख रुपैयाँसँगै सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिताको उपविजेताले ६० हजार रुपैयाँसँगै सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । एक हप्तासम्म चल्ने प्रतियोगिताबाट बचत हुन आएको रकम रग्बी खेलाडी यशोदा बोहोरालाई प्रदान गरिनेछ ।
यशोदा नेपालमा भएको यु २० एसिया रग्बी सेभेन्सको तयारीको प्रशिक्षणका दौरान घाइते भएकी थिइन् । यशोदा यु १५ साफ महिला फुटबल च्याम्पियनसिपमा नेपालले स्वर्ण जितेको टोलीकी सदस्य पनि हुन् । उनलाई आर्थिक सहयोग गर्न प्रतियोगिताको आयोजना गरेको प्रतियोगिता संयोजक लोक गुरुङले बताए । प्रतियोगिताको उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई नगद प्रदान गरिनेछ ।








सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
रिभानमा एक्यापको ३९औँ वार्षिकोत्सव, कृषि प्रदर्शनी र संरक्षणकर्मीलाई सम्मान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया