पोखरा रोयल सहकारीको साधारणसभा

समाधान संवाददाता २०८० असोज १२ गते ११:१५

पोखरा ।
पोखरा रोयल बचत तथा ऋण सहकारीको २२ औं वार्षिक साधारण सभा भएको छ । असोज ६ देखि ९ गतेसम्म एकाईगत रुपमा विभिन्न भएको साधारण सभामा ६०.२० प्रतिशत सदस्यको उपस्थिति रह्यो ।

Advertisement


सभाले आ.व.२०७९/०८० को नाफाबाट सेयर सदस्यहरुलाई १२ प्रतिशत नगद लाभांशसमेत पारित गरेको छ । संरक्षित पुँजी फिर्ता कोषबाट बचत कारोबारतर्फ २.८१ प्रतिशत र ऋणतर्फको कारोबारमा २.६७ प्रतिशत अतिरिक्त लाभ वितरण गर्ने निर्णय भएको छ । सभामा संस्थाकी अध्यक्ष रुद्रकुमारी गुरुङ र प्रमुख कार्यकारी अधिकृत भीम गुरुङले उत्कृष्ठ कारोबार गर्ने सदस्य, केन्द्र र कर्मचारीलाई सम्मान एवं पुरस्कृत गरे ।


वर्ष उत्कृष्ठ सदस्यतर्फ गंगाबहादुर गुरुङ र विन्दुकुमारी गुरुङलाई नगद र सम्मानपत्र प्रदान गरियो । वर्ष उत्कृष्ठ कर्मचारी विजय गुरुङ, लघुवित्त कार्यक्रमतर्फ उत्कृष्ठ ३ केन्द्रलाई पुरस्कार तथा सम्मान गरिएको छ । फिरफिर रोयल केन्द्र कास्की प्रथम, लालिम रोयल केन्द्र तनहुँ द्वितीय र जयभूमि रोयल केन्द्र कास्की तृतीय बने । सेयर सदस्य नारायणबहादुर क्षेत्रीका छोरा आशीषलाई बाल बचततर्फ नगद पुरस्कार र शैक्षिक सामग्री प्रदान गरिएको छ ।

Advertisement


दुलेगौंडा सेवा केन्द्र उत्कृष्ठ सेवा केन्द्र बनेको छ । कार्यक्रममा १० वर्ष सेवावधि पूरा गरेका १४ कर्मचारीलाई दशक सेवा पदकबाट सम्मान गरिएको छ । यसरी सम्मानित हुनेम मुख्य प्रबन्धक मिलन ढकाल, परमेश्वर दाहाल, उमनाथ आचार्य, अभिषेक गुरुङ, लीलाधर पौडेल, डिलकुमारी गुरुङ, देवी गुरुङ, टंकबहादुर गुरुङ, सन्तोष पौडेल, सरिता ढकाल बराल, डिल्लीराम ढकाल, श्रीधर आचार्य, दीपा ठकुरी, ज्ञानु महत बोहोरा र नारायण सुवदी छन् ।


इकाईगत सभाहरुमा सञ्चालक समितिको तर्फबाट अध्यक्ष रुद्रकुमारी गुरुङ, लेखा तथा सुपरिवेक्षण समितिको तर्फबाट संयोजक हर्कबहादुर गुरुङ, नीति तथा कार्यक्रम र बजेट प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङ, लेखा परीक्षक राजकुमार फुँयालद्वारा तयार गरिएका प्रतिवेदन, मुख्य प्रबन्धक मिलन ढकाल र विशेष प्रस्ताव सचिव केशवप्रसाद ढकाल प्रस्तुत गरी सुझावसहित पारित गरिएको छ ।

Advertisement


हाल संस्थामा ८ हजार ७ सय ९७ सदस्यको २१ करोडको ३ लाख सेयर पुँजी १८ करोड ५२ लाख जगेडा कोष, १ अर्ब ६४ करोड बचत, १ अर्ब ७६ करोड ऋण लगानी र कुल वासलात २ अर्ब २८ करोड पुगेको छ । प्रधान कार्यालय र ३ सेवा केन्द्र सञ्चालनमा रहेको संस्थाका सूचना अधिकारी मिलन ढकालले बताए ।

तपाईको प्रतिक्रिया