मणिपाल अस्पताल र मृतक परिवारबीच सहमति

पोखरा ।
मणिपाल शिक्षण अस्पताल पोखरामा ५७ वर्षिया सुकमाया दुराको मृत्यु भएको विषयमा मृतकका परिवार र अस्पताल बिच सहमति भएको छ ।
अस्पताल प्रशासन र मृतक पक्षको बिच भएको वार्तामा मृतक पक्षले राखेको माग पुरा गर्ने सहमति भएको हाे ।
सोमबार उपचारका क्रममा लमजुङ सुन्दरबजारकी दुराको उपचारकाे क्रममा चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तले मणिपाल अस्पतालका चिकित्सकमाथि कुटपिट गरेका थिए । मृत्यु भएपछि परिवारका सदस्य र आफन्तले आन्दोलन गर्दै अस्पतालकाे सेवा प्रभावित गराएका थिए ।
सहमतिका बुँदा
१ मृतक सुकमाया दुराको स्मृतिमा मणिपाल शिक्षण अस्पताल प्रशासनले लमजुङ जिल्लाको सुन्दर बजार नगरपालिका भित्र सके सम्म मृत्यु भएको मिति पारेर प्रत्येक वर्षको १ पटक १० वर्ष सम्म विशिष्टिकृत चिकित्सकबाट नि—शुल्क स्वास्थ्य शिविर संचालन गर्ने ।
२अल्पसंख्याक दुरा जातीको लागि दुरा सेवा समाज लमजुङ र दुरा सेवा समाज कास्की तथा स्थानीय निकायको वडा कार्यालयले गरिब तथा विपन्न परिवार भनि सिफारिस गरेको अवस्थामा मणिपाल शिक्षण अस्पताल प्रशासनले त्यस्ता बिरामीको उपचारमा छुट गराउने र नि—शुल्क गर्ने ।
३ मृतक सुक माया दुराको मृत्यूको सम्बन्धमा हुने अनुसन्धानको सम्पूर्ण प्रकृया खुल्ला रहने ।
४ दुवै पक्षबाट भएका सम्पूर्ण आन्दोलनको कार्यक्रमहरू आजैको मितिबाट स्थगित गर्ने ।
५ बिनय गुरुङ उपर दर्ता भएको स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्बन्धी ऐन, २०६६ अन्तर्गत कसूर मुद्दामा कानूनी रित पुर्याई यथासिघ्र सहजिकरण गर्ने ।
६ दिवंगत आत्माको चीर शान्तिको कामना सहित शोक समस्त परिवारजनहरूमा समवेदना व्यक्त गर्ने ।










पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया