संस्कृत विद्यापीठमा बन्यो गोल

पोखरा ।
नेपाल संस्कृत विश्वविद्यालयको आंगिक क्याम्पस विन्दुवासिनी संस्कृत विद्यापीठ (क्याम्पस) पोखरामा ज्योतिष विषयको प्रयोगात्मक अध्ययनका लागि गोल निर्माण गरिएको छ ।
विद्यापीठका पूर्व प्राचार्य सहप्राध्यापक अम्बिकाप्रसाद भट्टराईको संयोजन एवं ज्योतिष विषयका विभागीय प्रमुख एवं पूर्व प्राचार्य प्राध्यापक श्रीराम बराल र सहप्राध्यापक पूर्णचन्द्र वाग्लेको सैद्धान्तिक एवं प्राविधिक सहयोगमा गोल निर्माण गरिएको हो । विभिन्न व्यक्तिको सहयोगमा करिब ५० हजार लागतमा गोल निर्माण भएको हो ।
ज्योतिषशास्त्रमा ग्रहको अवस्था आदिलाई कक्षाकोठामा सैद्धान्तिक रुपमा मात्र पढाएर बुझाउन नसकिने वास्तविकतामा विद्यार्थीलाई गोलभित्रै राखेर खगोलीय अध्ययन गराउन यसको निर्माण अपरिहार्य ठानिएको भएको सहप्राध्यापक वाग्लेले बताए ।
नेपाल संस्कृत विश्वविद्यालयका विभिन्न विद्यापीठमा ज्योतिष विषयको अध्ययन अध्यापन हुने भए पनि कुनै पनि विद्यापीठमा गोल निर्माण गरी हालसम्म प्रयोगात्मक अध्ययन अध्यापन हुन सकेको छैन । पोखरामा गोल निर्माण गरिनु आफैंमा महत्वपूर्ण भएको ज्योतिष विषयका विभागीय प्रमुख एवं पूर्व प्राचार्य बरालले बताए । ज्योतिष आफैंमा विज्ञानमा आधारित भएको जवनाउँदै उनले यसको महत्वलाई राम्रोसँग उजागर गर्न नसकिएको तर्क गरे ।
गोल निर्माणले ज्योतिष विषयको सैद्धान्तिक अध्ययन एवं प्रयोगात्मक अध्ययनका लागि सहयोग पुग्ने क्याम्पस प्रमुख प्राडा जगन्नाथ रेग्मीले बताए । यसको निर्माणले ज्योतिष विषयका अध्येतासँगै भूगोल, विज्ञान जस्ता विभिन्न विषयका अनुसन्धाताका लागि पनि सहयोग पुग्ने उनको विश्वास छ ।
कार्यक्रममा सहप्राध्यापक पूर्णचन्द्र वाग्लेले ‘अयनचलन र यसको प्रभावः शास्त्रीय र आधुनिक मान्यता’ विषयक अवधारणापत्र प्रस्तुत गरेका छन् । अयन चलनको कारणबाट वसन्त आदि ऋतुमा भएको परिवर्तन अनुसार सौरमान वा ऋतुजन्य चाडपर्व आदिको सुधारका पक्षमा शास्त्रीय धारणलाई अघि बढाउनु उपयुक्त हुने कार्यपत्रमा उल्लेख छ ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया