पर्यटन र कृषिमा सघाउन अमेरिकालाई मुख्यमन्त्री पाण्डेकाे आग्रह

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र अमेरिकी उपविदेश मन्त्री जेनी वाईनी बिच बिहीबार शिष्टाचार भेट भएको छ । मुख्यमन्त्री कार्यालयमा भएको भेटमा मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको समुन्नतिको प्रमुख पाटो पर्यटन रहेकाले यो क्षेत्रमा सघाउन आग्रह गरेका छन् ।
मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर लगानी गरिरहेकाले जनाउँदै दातृ राष्ट्रको सहयोगको अपेक्षा सुनाए । ‘बसाईँसराई रोक्न र गाउँमै रोजगारीका अवसर सिर्जना गर्ने खालका प्रोजेक्टमा हामीलाई सहयोगको खाँचो छ,’ उनले भने । प्रदेश सरकारको प्राथमिकताका क्षेत्रहरु व्यावसायिक कृषि, स्वास्थ्य, शिक्षामा पनि दातृ निकायसँग साथ जरुरी भएको उनको भनाइ छ ।
अमेरिकी उप विदेशमन्त्री वाईनीले विगतदेखि नै नेपाल र अमेरिका बिच सौहार्दपूर्ण सम्बन्ध रहेको चर्चा गर्दै सरकारको प्राथमिकताका क्षेत्रहरुमा सहकार्य गर्ने वाचा गरिन् । उनले पहिलो पटक पोखरा आएको बताउँदै उल्लेख गर्र्दै थपिन्, ‘यहाँको सुन्दरताले पर्यटकलाई आकर्षित गर्न सक्छ । मलाई पनि पोखरा निकै सुन्दर लाग्यो ।’
गण्डकीका प्रमुख सचिव लक्ष्मी बस्नेत र प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले विपद् पूर्व तयारी र प्रतिकार्य, शुद्ध पिउने पानी र सरसफाई, स्वास्थ्य, साक्षरता, जीविकोपार्जन, दिगो आर्थिक विकासको अवस्था र सम्भावनाका बारेमा जवानकारी गराएका थिए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया