रोटरी लेकसाइड अध्यक्ष शोभाकान्तको पदभार ग्रहण

पोखरा ।
रोटरी क्लब अफ पोखरा लेकसाइडको वर्ष २०२३÷२४ अध्यक्ष शोभाकान्त सिग्देलले पदभार ग्रहण गरेका छन् । डिस्ट्रिक्ट गभर्नर नोमिनी विनोद कोइरालाले सिग्देललाई शुक्रबार आयोजित समारोहमा पदभार ग्रहण गराएका हुन् ।
रोटरी क्लब अफ पोखरा लेकसाइडका आइपिपी डा वीरबहादुर कार्कीले सिग्देललाई चार्टर सर्टिफिकेट, कलर तथा पिन प्रदान गर्दै सफलताको कामना गरे । डिजिएन कोइरालाले आफू क्लब स्थापनादेखि नै विभिन्न सर्भिस प्रोजेक्टमा नजिक रहेको उल्लेख गर्दै क्लबले विषम परिस्थितिमा पनि गरेका कार्यको प्रशंसा गरे ।
रिजन ४ का असिस्टेन्ट गभर्नर ईश्वरप्रसाद कर्माचार्यले नयाँ सदस्यद्वय किशन भण्डारी र आमोद कोइरालालाई सपथसँगै रोटरी क्लव अफ पोखरा लेकसाइडमा प्रवेश गराए । आइपिपी डा. काकीले आफ्नो कार्यकाल सफल पार्न सहयोग गर्ने सम्पूर्णमा आभार व्यक्त गरे ।
एक वर्षे कार्यकालमा भएका गतिविधि प्रस्तुत गर्दै डा कार्कीले सहयोगीलाई मायाको चिनो प्रदान गरे भने उत्कृष्ट सदस्यको रुपमा मीनबहादुर गुरुङलाई सम्मान गरे । परिचय रोटरी क्लव अफ पोखरा लेकसाइडका पूर्व अध्यक्ष तथा रिजन ४ का असिस्टेन्ट गभर्नर जयराम पौडेलले गरे । वर्ष २०२३÷२४ का अध्यक्ष सिग्देलको परिचय मेम्बरसिप चियर सुवास मल्ल गराएका थिए ।
अध्यक्ष सिग्देलले आफ्नो कार्यकालका लागि क्लब अफ एक्सन प्रस्तुत गर्दै बोर्ड अफ डाइरेक्टरलाई सपथ खुवाए । सो अवसरमा क्लबले प्रकाशन गरेको स्मारिका ‘द फेवा’ विमोचन गरिएको थियो । स्मारिकामा क्लबको गतिविधि, सदस्य र तिनका परिवारका सदस्यको विस्तृत परिचय समेटिएको क्लब एडिटर सन्तोष पन्तले बताए ।
सो अवसरमा कार्यक्रम संयोजक एवं प्रेसिडेन्ट इलेक्ट उपेन्द्र अधिकारी, सचिव विश्वदर्शन पराजुली, सहसचिव लोकबहादुर गुरुङ, टोस्ट पस्ताप डिष्ट्रिक्टका राइला कमिटी चियर एवं एड टु गभर्नर रोजन्द्र लिगल, कोषाध्यक्ष राजकुमार अर्याल लगायतले बोलको थिए । क्लबमा अहिले ३७ सदस्य छन् ।









वैकल्पिक शक्तिको नयाँ ध्रुव: ६ घण्टाको छलफलपछि रवि र बालेनबिच सहकार्यको सहमति
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया