पोखराबाट सिधा उडानगर्ने छलफल भएको छः प्रधानमन्त्री दाहाल

समाधान संवाददाता २०८० असोज १३ गते १५:४५

पोखरा ।

Advertisement

प्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सोझै हवाई उडान गर्ने र दुई देशको हवाई उडानबीच सहकार्य गर्ने छलफल भएको बताएका छन् ।


चीनबाट शनिबार स्वदेश फर्किएका दाहालले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । ‘चीनसँगको व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दे लैजाने बारेमा छलफल भयो । दुई देशबीच भएको समझदारीहरु र अन्तर्राष्ट्रिय मूल्य मान्यता र सिद्धान्तमा आधारित भईअघि बढने सहमति पनि भएको छ,’ उनले भने, ‘नेपालको आवश्यकता अनुसार चिनियाँ पक्षले अरनिको राजमार्ग मर्मत परियोजनाको चौथो चरण सुरु गर्ने सहमति पनि गरिएको छ ।’

Advertisement


उनले मुस्ताङको कोरला नाका खोल्नुका साथै किमाथांका र ओलङचुङगोला चाँडै सञ्चालनमा ल्याउने सहमति भएको बताए । ‘मुस्ताङको कोरला नाकामा चीनले पूर्वाधारमा सहयोग गर्ने सहमति भएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘दाहालले तिब्बत र नेपालको रेल, सडक, हवाईसेवा विद्युत प्रशारण लाइन सबै क्षेत्रबाट जोडेर ट्रान्स हिमालयन मन्टी डाइमेन्सनल कनेक्टीभिटीको विषयलाई व्यवहारमा उतार्नेबारेमा छलफल भएको र लासाबाट काठमाडौं हवाई सेवा पुनः सुचारु गर्नसमेत अनुरोध गरेको छु ।’
उनले स्याँप्रुबेसी रसुवागढी र सडक मर्मतका लागि चिनियाँ पक्ष तयार भएको र हिल्सा सिमिकोट सडकको अध्ययन सम्भाव्यता अध्ययन गरी अघि बढाउन सहमत भएको बताए ।

उनले चीनसँग टोखा—छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययनलाई तीव्रगतिका साथ अघि बढाउने, काठमाडौं चक्रपथ सडकको दोस्रो चरणको कार्यान्वयनलाई तीव्रता दिने सहमति भएको पनि उनले जानकारी दिए । उनले नेपाल—चीन रेल्वे सहयोगका लागि कार्यदलको आठौँ बैठक छिटै गर्नेमा सहमति लगायत १२ वटा समझदारी पत्रमा हस्ताक्षर भएको बताए ।

Advertisement

तपाईको प्रतिक्रिया