पर्यटन व्यवसायी स्वर्गीय हुतराजको अन्त्येष्टि

समाधान संवाददाता २०८० असोज १३ गते १६:१८

पोखरा ।


पोखराका अग्रज पर्यटन व्यवसायी हुतराज श्रेष्ठको अन्त्येष्टि गरिएको छ । उनको उपचारका क्रममा भारतको राजधानी नयाँ दिल्लीमा बिहीबार बिहान निधन भएको थियो । भारतमा निधन भएपनि शनिबार पोखराको पवित्र सेती नदीमा उनको अन्तेष्टि गरिएको परिवार स्रोतले जनाएको छ । ७६ वर्षका श्रेष्ठ मानसरोवर भ्रमणमा जादा बाटोमै बिरामी भएपछि चीनमा उपचारपछि पोखरा फर्किएका थिए । फेरि उनलाई समस्या भएपछि काठमाडौं हुँदै नयाँ दिल्ली लगिएको थियो ।


उनलाई मुटुसम्बन्धी समस्या रहेको केदारेश्वर मन्दिर सेवाश्रम समितिका सचिव खिमबहादुर पहारीले बताए । लेकसाइडको बेसक्याम्प रिसोर्ट (हाल लेकसाइड रिर्टिट) का सञ्चालक उनी समाजसेवी र इतिहासका जानकार थिए ।

Advertisement


विश्व हिन्दू महासंघ नेपालका पूर्व सचिव उनी केदारेश्वर मन्दिर सेवाश्रम समितिका पूर्व वरिष्ठ उपाध्यक्ष एवं हालका सल्लाहकार थिए । उनका श्रीमती तुमला श्रेष्ठसहित २ छोरा र १ छोरी छन् । श्रेष्ठको परिवार नेपालको पूर्वी भोजपुरको ताङवाबाट पोखरा आएको थियो । हाल उनी पोखरा घारीपाटन बस्दै आएका थिए । यसैबीच, श्रेष्ठको निधनमा विश्व हिन्दू महासंघ नेपाल लगायत संघसंस्थाले दुख व्यक्त गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया