एमाले गण्डकी उपाध्यक्षमा ३ महिला नेतृको दाबी
समाधान संवाददाता
२०८० असोज १३ गते १७:०२

पाेखरा ।
एमाले गण्डकी उपाध्यक्षमा ३ महिला नेतृको दाबी पोखरा एमाले गण्डकी प्रदेश अधिवेशनमा ३ महिला नेतृले उपाध्यक्षमा आकांक्षा देखाएका छन् । प्रभा कोइराला, देवका पहारी र मञ्जु अधिकारी उपाध्यक्षका आकांक्षी देखिएका हुन् ।
देवका अहिले गण्डकी प्रदेश सभा सदस्य छिन् । प्रभा यसअघि गण्डकी प्रदेश सभा सदस्य थिइन् । मञ्जुचाहिँ यसअघिको कार्यकालमा फलेवास नगरपालिकाको उपमेयर थिइन् ।
अहिले उनी एमाले गण्डकी प्रदेश कमिटीको उपसचिव छिन् । उपाध्यक्षमा अहिलेकै उपाध्यक्ष मोहन रेग्मी पनि आकांक्षी छन् । अध्यक्ष लगायत पदाधिकारीमा दर्जनौं आकांक्षी छन् । १५ र १६ गते पोखरामा एमाले गण्डकी प्रदेश कमिटी अधिवेशन हुँदैछ ।
सम्बन्धित








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया