बागलुङबाट पोखरा आउँदै गरेको जिप खोलाले बगाउँदा जीपसहित ३ जना वेपत्ता

समाधान संवाददाता २०८० असोज १३ गते २०:१४

पोखरा ।
पर्वतको कुस्मा नगरपालिका ८ मा रहेको तमादी खोलाले जीप बगाउँदा जीपसहित ३ जना बेपत्ता भएका छन् । बागलुङबाट पोखरा आउँदै गरेको ग ज्ञ ज टद्दज्ञघ नम्बरको जिप बगाउँदा जीपसहित ३ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
ड्राइभरले गाडी रोकेर ढुंगा पन्छाउने क्रममा माथिबाट आएको ढुंगा र माटोले जीप बगाएको लगेको पर्वतका प्रहरी प्रमुख डिएसपी खुमलाल भुसालले जानकारी दिए । भर्खरै बाटो खुल्दै छौं । खोला ठूलो छ । जीप पनि भेटिएको छैन । जीपमा रहेका ३ जना पनि बेपत्ता हुनुहुन्छ । खोजी कार्य भैराखेको छ,ु उनले भने ।

तपाईको प्रतिक्रिया