मातृशिशु अस्पतालको वार्षिकोत्सव

पोखरा ।
पोखराको बाटुलेचौरमा रहेको मातृशिशु मितेरी अस्पतालले दीप प्रज्वलन गरी सातौं वार्षिकोत्सव मनाएको छ । शुक्रबार साँझ अस्पताल परिसरमा आयोजित कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मराज थापा, सदस्य गुरूदत्त भट्टराई, शिवराज देवकोटा, पूर्व स्वास्थ्य चौकीका अध्यक्ष कृष्णप्रसाद अधिकारी, अग्निधर शर्मा, मेडिकल सुपन्रिटेन्डेन्ट धर्मदेव ढकाल लगायतले दीप प्रज्वलन गरी वार्षिकोत्सव कार्यक्रम उद्घाटन गरे ।
आमा र शिशुको स्वास्थ्यमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको अस्पतालले सोही अवसरमा स्थापना कालदेखि कार्यरत कर्मचारी ओमबहादुर थापा र अन्जना अधिकारीलाई सम्मान ग¥यो । उनीहरुलाई समितिका अध्यक्ष थापा र मेडिकल सुपन्रिटेन्डेन्ट ढकालले दोसल्ला ओढाएर सम्मानपत्र हस्तान्तरण गरे ।
अस्पतालका अध्यक्ष थापाले सीमित साधन र स्रोतका विचमा पनि अस्पतालले गुणस्तरीय सेवा उपलब्ध गराएको बताए । मेडिकल सुपरिटेन्डेन्ट धर्मदेव ढकालले जनताको स्वास्थ्य सेवामा अस्पताल पूर्ण रुपले समर्पित रहेको बताउँदै, थप सेवा सञ्चालनका लागि सवै पक्षको सहकार्य आवश्यक रहेको औंल्याए । कार्यक्रममा व्यवस्थापन समिति सदस्यहरू गुरूदत्त भट्टराई, शिवराज देवकोटा, भीमा पौडेल, नारायण कोइराला, गुमा परियार, पूर्व हेल्थपोस्ट अध्यक्षद्वय अग्निधर शर्मा तथा कृष्णप्रसाद अधिकारी, समाजसेवी चित्र ब थापा लगायतले अस्पतालले पु¥याएको सेवा प्रवाहको प्रशंसा गरेका थिए ।
दीप प्रज्वलनमा व्यवस्थापन समितिका सदस्य, अस्पतालका कर्मचारी लगायतकाको सहभागिता रहेको थियो । कास्की लगायत विभिन्न जिल्लाका नागरिकलाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा पु¥याउँदै आएको अस्पताल सुत्केरी सेवामा त्यस क्षेत्रमै अब्बल रहेको बताइएको छ । कार्यक्रमको सञ्चालन कर्मचारी ओमबहादुर थापाले गरेका थिए ।









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया