जीपसहित वेपत्ता एकजना शव फेला, २ जना अझै वेपत्ता

समाधान संवाददाता २०८० असोज १४ गते ८:५८


पोखरा
पर्वतको कुस्मा नगरपालिका- 7 मा रहेको तमादी खोलाले जीप बगाउँदा जीपसहित वेपत्ता एकजना शव फेला परेको छ ।

खोलाको झण्डै ७ सय मिटर तल जीपका पाट्सहरु छरिरहेको रहेको र जीपको मुख्य भाग बाढिले पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

बेपत्ता ३ जनामध्ये एकजना शव फेला परेको छ । रुपन्देही तिलोत्तमाका ३४ वर्षीय गोपाल बस्नेतको शव फेला परेको
पर्वतका प्रहरी प्रमुख डिएसपी खुमलाल भुसालले जानकारी दिए । अन्य २ जनाको खोजी भैरहेको डीएसपी भुसालले बताए ।

Advertisement

बागलुङबाट पोखरा आउँदै गरेको ग 1 ज 6213 नम्बरको जिप सनिबार साझ तमादी खोलाले बगाउँदा जीपसहित ३ जना बेपत्ता भएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया