पाल्पा हाउसको साधारण सभा

पोखरा ।
पाल्पाको मौलिक तथा कलात्मक उत्पादनको बजारीकरण गर्न पोखराको न्युरोडमा खोलिएको पाल्पा हाउस (पाल्पाली कोशेली घर) प्रालिको दोस्रो साधारण सभा भएको छ ।
सभाले अध्यक्ष कुलप्रसाद घिमिरेले प्रस्तुत गरेको सञ्चालक समितिको प्रतिवेदन तथा आगामी रणनीति र लेखाको जिम्मेवारी हेर्ने सञ्चालक नारायणप्रसाद पौडेलले पेश गरेको आय व्यय विवरण सुधारसहित पारित गरेको छ । पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले संस्थाले नाफा कमाउनेमात्र नभएर सामुहिक र संस्थागत रुपमा सामाजिक काम गरेको बताए ।
‘पाल्पाली समाज पोखराको पहलमा पोखरामा खोलिएका सबै संघ, संस्थाका गतिविधिको स्वदेश तथा विदेशमा सकारात्मक सन्देश गएको छ,’ उनले भने, ‘सामाजिक कामका अलवा सदस्यलाई उद्यमी बनाउन व्यवसायिक कामको थालनी गरिएको छ ।’
पाल्पा हाउसका अध्यक्ष घिमिरेले पाल्पासँग जोडिएको भएतापनि सबैको साझा व्यवसायिक संस्था भएको बताए ।
प्रेमको प्रतीक रानी महलको स्वरुपमा खोलिएको कोशेली सञ्चालन गरेको जानकारी दिँदै उनले पाल्पाली चिनारी ढाका, करुवा, हस्तकला लगायत कृषिजन्य उत्पादन एक थलोबाट विक्री गर्ने योजना सुनाए । उनले प्रेमको प्रतीक पाल्पाको रानीमहल जस्तै पोखरा हाउस पाल्पाली र पोखरेलीको प्रेमको प्रतीक बन्ने उल्लेख गरे ।
पाल्पाली समाज पोखराका अध्यक्ष बालचन्द्र परियारले समाजको अलवा पाल्पा हाउस, पाल्पाली बहुउद्देश्यीय सहकारी र पाल्पाली कोलोनी पोखरामा क्रियाशील भएको जानकारी दिए । पाल्पा हाउसका सञ्चालक नारायणप्रसाद पौडेल, पाल्पाली कोलोनी प्रालिका अध्यक्ष रेशम थापा, पाल्पाली समाज पोखराका पूर्व अध्यक्ष जगदीश गौतम, सल्लाहकार जनपुकार मुनकर्मी पाल्पा हाउसका सदस्य सचिव श्रीधर पराजुलीले पाल्पाली कोशेली घरका बारेमा बोेलेका थिए ।
न्युरोडस्थित भाटभटेनी सुपरस्टोर आडैमा रहेको पाल्पा हाउसमा ७६ सेयर सदस्य छन् । अहिले पाल्पा हाउसबाट पाल्पाली बहुउद्देश्यीय सहकारीको एकीकृत कारोबारसहित पाल्पाली समाज पोखराको सचिवालय छ ।









सम्पादकीय—सरकारको सय दिन : निर्वाचनको संशय र सुशासनको कडी
बाँझो भिरालो जग्गामा सुन्तला फलाएर दलबहादुरले कमाए १६ लाख
चुनाव आउन ७१ दिन बाँकी : समानुपातिक सूची बनाउन दलहरू व्यस्त, आयोगको तयारी तीव्र
फागुन २१ को चुनाव : तीन दृश्यले घटायो सरकार र दलबीचको दूरी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया