छोरेपाटन सहकारीको सभा

पोखरा ।
पोखरा १७ मा रहेको छोरेपाटन बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा बिहीबार भएको छ । सभामा पोखरा महानगरपालिका सहकारी समिति अध्यक्ष रविरमण तिवारीले विषम परिस्थितिका बाबजुद पनि सहकारीका मूल्य, मान्यता र सिद्धान्तको आधारमा चल्नुपर्नेमा जोड दिए ।
कार्यक्रमा पोखरा वडा नं. २२ का अध्यक्ष हिमलाल बराल, पोखरा १७ की वडा सदस्य विष्णुकुमारी भुजेल, सेयर सदस्य कर्णबहादुर थापा, नीलगिरी बचत तथा ऋण सहकारीका अध्यक्ष लेखनाथ बराल (गोपी), सल्लाहकार देवीप्रसाद बस्याल, सहकारी विज्ञ दीपकप्रकाश आचार्य, शिक्षा उपसमिति सदस्य प्रेमप्रसाद पौडेल, संयोजक थानेश्वर शर्मा पौडल लगायतले बोलेका थिए ।
सभामा भक्तराज रसाइलीले सेयर सदस्यलाई संस्थागत विकासबारे प्रशिक्षण दिएका थिए । सभाले अध्यक्ष रवीन्द्रराज बरालको वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष दिलबहादुर बरालको आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक चिन्तामणि शर्माको प्रतिवेदन पारित गरेको छ । सोही सभाले सञ्चालक समिति सचिवमा सहसचिव रामप्रसाद नेपाल र सहसचिवमा ईश्वर भट्टराईलाई जिम्मेवारी दिएको छ ।
कार्यक्रममा ज्येष्ठ सेयर सदस्य चिन्तामणि शर्मा पौडेल, असल बचतकर्ताहरु देवीप्रसाद बस्याल, लीला पौडेल र वसुन्धरा शर्मा पौडेल, असल कारोबारकर्ता बलबहादुर केसी र दिलकुमारी पौडेल, विद्यार्थीहरु सुदीक्षा बराल, सञ्जीव खत्री, प्रकृति पौडेल, विन पोख्रेल र प्रेमप्रसाद पौडेललाई सम्मान गरिएको छ ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया