गोल्डेन जेड क्लबकाे आत्मरक्षा तालिम
समाधान संवाददाता
२०८० असोज १४ गते १३:५५

पोखरा ।
पोखराको सिमलचौरमा रहेकाे राम आधारभुत विद्यालयमा शुक्रबार आत्मरक्षा तालिम भएको छ । जोन्टा क्लबको युवा संगठन गोल्डेन जेड क्लब अफ अन्नपूर्ण र हिंसा विरुद्धको आवाज संगठनको सहकार्यमा तालिम भएको हो ।
तालिममा सहभागिलाई गुड टच, ब्याड टच, सीमाहरू, सहमति र अनुपयुक्त स्पर्शको बारेमा जानकारी गराइएकाे क्लबका अध्यक्ष दिप्ती घिमिरेले बताइन् । खतरापूर्ण अवस्थामा आफूलाई सुरक्षित राख्ने उपायका बारेमा व्यावहारिक प्रविधि र रणनीतिका बारेमा समेत तालिम दिइएको उनले जनाइन् ।
सुरक्षित रहन र राख्न आवश्यक सीप र आत्मविश्वास प्रदान गर्ने तालिमको लक्ष्य रहेको बताउँदै तालिमले सहभागीमा सकारात्मक प्रभाव पारेको घिमिरेले उल्लेख गरिन् ।
सम्बन्धित








पोखरामा सांगीतिक प्रस्तुतिसहित स्वरसम्राटको सम्झना
क्यानका महानिर्देशक अधिकारी जेल चलान, निर्देशक भण्डारीसँग ५ लाख धरौटी
सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया