महिला अधिकार अभिमुखीकरण
समाधान संवाददाता
२०८० असोज १४ गते १४:५४

पोखरा ।
सिद्धार्थ क्लब पोखराले महिला अधिकार सम्बन्धी कानुनी सचेतना आयोजना गरेको छ । कार्यक्रममा पोखरा ४ की वडा सदस्य पार्वती माकाजूले धेरैजसो महिलालाई महिला अधिकारसम्बन्धी चेतना नभएको बताइन् ।
उनले केही सचेत महिलाले पनि कानुनी व्यवस्थाको दुरुपयोग गर्ने गरेको सन्दर्भमा यस प्रकारको तालिमबाट प्राप्त ज्ञानलाई सदुपयोग गर्नुपर्नेमा जोड दिइन् । संस्थाकी अध्यक्ष इन्दिरा मर्सानी श्रेष्ठले कार्यक्रम फलदायी हुने बताइन् ।
अधिवक्ता कृष्णकुमारी गुरुङले नेपालको संविधान २०७२ का विशेषता, महिला अधिकार, हक, हितका साथै संविधान कार्यान्वयन र चुनौतीबारे सहजीकरण गरेकी छन् । कार्यक्रममा क्लबका निर्देशक रवि मर्सानी, सचिव विनोदप्रसाद श्रेष्ठ, प्रथम उपाध्यक्ष देवेन्द्र पराजुली र सहभागी ज्ञानु श्रेष्ठले बोलेका थिए ।
सम्बन्धित







‘९ औं मा हारें, १०औंमा कुरा मिलेन, अब उपाध्यक्ष छोड्दिनँ’
जनप्रिय क्याम्पस ३५ वर्षमा
जेन जी आन्दोलनमा कारागारबाट भागे, पटकपटक चोर्दै हिँडे र पक्राउ परे
पर्यटन प्रवद्र्धनसँगै पोखरा महोत्सवको प्रचार सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया