पोखरा लिङ्कन इन्टरनेसनल कलेजमा ब्याचलर अफ कम्प्युटर साइन्स

पोखरा ।
पोखरा ८ सिमलचौरस्थित पोखरा लिङकन इन्टरनेसनल कलेजले यसै शैक्षिक सत्रदेखि ब्याचलर अफ कम्प्युटर साइन्स इन नेटवर्क टेक्नोलोजी तथा साइबर सेक्युरिटी कार्यक्रम सञ्चालनमा ल्याएको छ । पोखरा लिङकन इन्टरनेसनल कलेज लिङ्कन युनिभर्सिटी मलेसियाको सम्बन्धनमा, नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृत प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्राप्त कलेज हो ।
पोखरामै पहिलो र एउटैमात्र नेटवर्क टेक्नोलोजी र साइबर सेक्युरिटी कार्यक्रम गण्डकी प्रदेशकै आइटी पढ्न चाहने विद्यार्थीहरुका लागि सुवर्ण अवसर भएको कलेजका चिफ एकेडेमिक अफिसर अनिल अर्यालले बताए ।
विगत १२ वर्षदेखि बिबिए, बिएचएम, तथा एमबिए कार्यक्रम सञ्चालन गर्दै आइरहेको कलेजले थप नयाँ कोर्स सञ्चालनमा ल्याएको हो । कलेजले आइटी पढ्ने विद्यार्थीलाई लक्षित गर्दै ब्याचलर अफ कम्प्युटर साइन्स इन नेटवर्क टेक्नोलोजी एण्ड साइबर सेक्युरिटी (बि.सि.एस.) कार्यक्रम सञ्चालनमा ल्याएको हो ।
कलेजका चिफ एकेडेमिक अफिसर अर्यालका अनुसार बिसिएस कार्यक्रममा नेटवर्क डिजाइन, साइबर सेक्युरिटी, सिस्को, राउटिङ एन्ड सुइचिङ टेक्नोलोजी, क्रिप्टोग्राफी, इथिकल ह्याकिङ, आर्टिफिसिएल इन्टलिजेन्स जस्ता विषयहरु समावेश छन् ।
यो ४ वर्षे आइटी कोर्स पढ्ने विद्यार्थीहरुले नेटवर्क एड्मिनिस्ट्रेटर, सेक्युरिटी एनालिस्ट, साइबर सेक्युरिटी कन्सल्ट्यान्ट, एथिकल ह्याकर, सेक्युरिटी इन्जिनियर, इन्फर्मेसन सेक्युरिटी म्यानेजर तथा चिफ इन्फर्मेसन सेक्युरिटी अफिसर जस्ता पेशाहरुमा आवद्ध हुन सक्छन् । पोखरा लिङकन इन्टरनेसनल कलेजले सन् २०१२ देखि पोखरामा बिबिए, बिएचएम तथा एमबिए जस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । विगत ११ वर्षमा ८६ प्रतिशतभन्दा बढी उत्तीर्ण प्रतिशत ल्याउन सफल कलेजमा अमेरिका, क्यानडा, बेलायत, अस्ट्रेलिया लगायत विभिन्न मुलुकमा क्रेडिट ट्रान्सफर तथा इन्टर्नसिपको पनि व्यवस्था रहेको अर्यालले जानकारी दिए ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया