काठमाडौंबाट पाेखरा आएका दुई जहाज बाटोबाटै फर्किए

समाधान संवाददाता २०८० असोज १५ गते १०:५९

पोखरा ।
पोखरा अन्तराष्ट्रिय विमानस्थलमा प्राविधिक समस्या भएपछि काठमाडौंबाट पोखराका लागि उडान भरेका दुई विमान पोखरामा अवतरण नगरि पुनः काडमाडौं फर्किएका छन् । सोमबार बिहान काठमाडौंबाट पोखराका लागि उडान भरेका यति र श्री एयरलाइन्सको विमान पोखरामा अवतरण नगरि पुनः काठमाडौं फर्किएका हुन् ।

Advertisement

विमानस्थलका उपकरणमा समस्या आएपछि विमानस्थल आइपुग्नै लाग्दा बाटोबाटै विमान फर्किएको विमानस्थल स्रोतले बताएको छ । प्राविधिक समस्या नभएर अनुकरल मौसमले अवतरणमा समस्या आएको हुन सक्ने स्रोतको भनाइ छ ।

तपाईको प्रतिक्रिया