मुटु रोग शिविर

पोखरा ।
लायन्स क्लब अफ बेगनास तालनगरी र नेपाल रेडक्रस सोसाइटी पोखरा ३१ उपशाखाको संयुक्त आयोजनामा एक दिने निःशुल्क मुटु रोगसम्बन्धी स्वास्थ्य शिविर शनिबार भएको छ । पश्चिमाञ्चल स्वास्थ्य विज्ञापन प्रतिष्ठानका वरिष्ट मुटु रोग विशेषज्ञ डा सुमन अधिकारीको नेतृवमा भएको शिविरमा १ सय २१ जनाको जाँच गरिएको छ ।
कार्यक्रममा लायन्स क्लब डिस्ट्रिक्ट ३२५ एलका डिस्ट्रिक्ट को चिफ एडभाइजर बाबुराम अधिकारीले मानव जीवनमा स्वास्थ्यको ठूलो महत्व भएको बताउँदै जीवनशैली र खानपानका कारण रोग लाग्ने जनाए । उनले स्वस्थ जीवन जिउनका लागि आहारविहारमा ध्यान दिनुपर्ने बताए । पोखरा ३१ का वडा सदस्य देवेन्द्र अधिकारीले पोखरा ३१ बेगनासमा आएर निशुल्क मुटु रोगसम्बन्धी स्वास्थ्य शिविर गरेकोमा आयोजकलाई धन्यवाद दिए ।
नेपाल रेडक्रस सोसाइटी कास्की शाखा अन्तर्गत स्वास्थ्य उपसमितिका सदस्य नवराज अधिकारी, जोन चियर पर्सन डा लक्ष्मण तिमिल्सिना, नेपाल रेडक्रस सोसाइटी कास्की शाखा कोषाध्यक्ष सन्तोष अधिकारी, लायन्स क्लब अफ काठमाण्डौ बंगलामुखीका अध्यक्ष सुरेन्द्रकुमार यादव लगायतले बोलेका थिए ।
नेपाल रेडक्रास सोसाइटी पोखरा ३१ शाखा सभापति रुद्रनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत अन्तर्राष्ट्रिय लायन्स क्लब डिस्ट्रिक ३२५ एल का सिनियर एओजी एवं क्लबका संस्थापक अध्यक्ष ऋषिराम रानाभाटले गरेका थिए ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया