कञ्चन सहकारीकाे नाफा करोड

समाधान संवाददाता २०८० असोज १५ गते १२:३५

पोखरा ।
पोखरा ५ मालेपाटनमा रहेको कञ्चन बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको उद्घाटन वडाध्यक्ष विष्णुप्रसाद बरालले गरेका थिए ।

Advertisement


सभाले अध्यक्ष, कोषाध्यक्ष र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन पारित गरेको छ । व्यवस्थापक शिवप्रसाद अर्यालले पेस गरेका प्रस्ताव पनि सभाबाट पारित भए ।


७ करोड ३३ लाख ७० हजार रुपैयाँ चुक्ता सेयर पुँजी रहेको संस्थाको जगेडा कोष, कर्जा जोखिम कोष तथा अन्य कोषमा करिब ३ करोड २ लाख रुपैयाँ छ । गत आवको अन्तमा निक्षेप २८ करोड ११ लाख रुपैयाँ संकलन गरेको छ । ऋण लगानी ३५ करोड ७४ लाख गरेको छ । ९८ लाख ३५ हजार नाफा सहकारीले कमाएको छ । विभिन्न शीर्षकमा गरी ३ लाख ४० हजार कर तिरेको छ ।

Advertisement


कार्यक्रममा वडाध्यक्ष बरालले स्थानीय स्तरका लब्ध प्रतिष्ठित व्यक्तिहरुको सहभागितामा सञ्चालित संस्थाले नमुनाको रुपमा सामाजिक उत्तरदायित्वका कार्यक्रम लगायत गतिविधि गरिरहेको बताए । पोखरा ५ का वडा सदस्यहरु मणिराम बराल, गोविन्दप्रसाद पराजुली र कल्पना भुवाजी क्षेत्री र संस्थाका सल्लाहाकार पुरुषोत्तमप्रसाद पराजुलीले साधारण सभा सफलताको शुभ कामना दिए ।


कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष वसन्तराज कोइरालाले गरेका थिए । सभामा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष गायत्रीकुमारी भूत्र्यालले र सहकारीका सात सिद्वान्त बाचन सञ्चालक समितिका सदस्य अन्जली खत्रीले गरेकी थिइन् । कार्यक्रम सञ्चालन संस्थाका कोषाध्यक्ष भेकबहादुर थापा क्षेत्रीले गरेका थिए । साधारण सभा सम्पन्न गर्न गठित व्यवस्थापन उपसमितिका संयोजक तथा सञ्चालक समितिका सदस्य कृष्णप्रसाद बरालले साधारण सभा सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

Advertisement

तपाईको प्रतिक्रिया