पोखरा विमानस्थल पुनः सञ्चालन
समाधान संवाददाता
२०८० असोज १५ गते १३:०७

पोखरा ।
मौसममा आएको खराबीसँगै प्रभावित भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उडान सेवा नियमित भएको छ । मौसम खराबीले सोमबार बिहानदेखि कुनै पनि उडान भएका थिएनन्, हुस्सु हटेरमौसम खुलेसँगै उडान सञ्चानमा आएको विमानस्थलकी प्रवक्ता जसोदा रेग्मीले बताइन् ।
बिहान हुस्सु लागेर भिजिबिलिटी कम भएर उडान रोकिएको र भिजिबिलिटी बढेपछि उडान नियमित भएको प्रवक्ता रेग्मीले जानकारी दिइन् ।
उनका अनुसार आज बिहान काठमाडौंबाट पोखराका लागि उडान भरेका यति र श्री एयरलाइन्सको विमान पोखरामा अवतरण नगरि काठमाडौं डाइभर्ट भएका विमान पोखरा आउन लागेका छन् भने पोखराबाट पनि उडानका लागि विमान तयारी अवस्थामा छन् ।
‘विमानस्थलमा कुनै पनि प्रकारका प्राविधिक समस्या भएको छैन, टेलिफोनमा समस्या आएको थियो, त्यो ठिक भइसक्यो’, उनले भनिन् ‘मौसम खराबीले हो उडान र अवतरणमा समस्या भएको ।’
सम्बन्धित









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया