व्यास ३ को कार्यालय सर्यो
पोखरा ।
तनहुँको व्यास नगरपालिका वडा नम्बर ३ कार्यालय निमचोकमा सरेको छ । नगरपालिकको पुरानो भवनमा रहँदै आएको वडा कार्यालय निमचोकस्थित मैनादेवी अधिकारीको घरमा सरेको हो । नगरपालिकाले पुरानो भवन भत्काएर नयाँ बहुउद्देश्यीय भवन निर्माण गर्ने भएपछि निमचोकमा रहेको अधिकारीको घर भाडामा लिएर सरेको हो ।
मासिक २५ हजार भाडामा लिएर उक्त घरको पहिलो तलामा वडा कार्यालय सरेको वडा अध्यक्ष अनुप रानाले जानकारी दिए । वडा कार्यालय भवन निर्माणका लागि व्यास ३ स्थित देउरालीनगरमा जग्गा पाएको र तत्कालका लागि भाडामा लिएर कार्यालय सारिएको उनले बताए । उनले भने, ‘बिसघरे जाने बाटोमा हामीले जग्गा पाएका छौं, निर्माण सम्पन्न नभए सम्मको लागि भाडामा लिएर वडा कार्यालय सञ्चालन गरेका छौं ।’
वडा कार्यालयले २०७४ सालदेखि नै भवन अभाव झेल्दै आएको छ । २०७४ सालमा भेटनरी अस्पताल तथा पशु सेवा केन्द्रमा रहेको भवनबाट सेवा प्रदान गर्दै आएको उक्त कार्यालयपछि नगरपालिकाको पुरानो भवनमा सरेको थियो । अहिले उक्त भवन भत्काउने भएपछि निमचोकमा सरेको हो ।
तपाईको प्रतिक्रिया