
जोमसोम—हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साझा धार्मिक स्थल मुक्तिनाथ क्षेत्रमा नेपाली सेनाले प्रारम्भिक स्वास्थ्य उपचार कक्ष तथा दर्शनार्थीमैत्री बिश्रामस्थल निर्माण गरेको छ । नेपाल सेनाद्धारा ६ महिना लगाएर निर्माण गरिएको दशनार्थी लक्षित भौतिक पूर्वाधार सोमबार मुक्तिनाथ विकास समिति र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकालाई संयुक्त रुपमा हस्तान्तरण गरिएको छ ।
प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर परिसरको करिव ८ सय मिटर तलको रेलिङसहितको सिढिंबाटोको दक्षिणतर्फ करिव १ रोपनी सार्वजनिक खाली जग्गामा नेपाली सेनाले प्रारम्भिक स्वास्थ्य परीक्षण कक्ष र शौचालयसहितको दशनार्थीमैत्री बिश्रामस्थल पूर्वाधार निर्माण गरेको हो ।
सेनाद्धारा निर्मित दशनार्थीमैत्री पूर्वाधारको पश्चिम पृतना हेडक्वाटरका पृतनापती उपरथी दिपक कुमार बाँनियाले एक समारोहकाबीच विििधवत उद्घाटन गरे ।सो अवसरमा पश्चिम पृतनापती उपरथी दिपक कुमार बाँनियाले सेनाद्धारा निर्माण गरिएको प्रारम्भिक स्वास्थ्य परीक्षण केन्द्र तथा शौचालयसहितको दशनार्थीमैत्री बिश्रामस्थल पूर्वाधार मुक्तिनाथ विकास समिति र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकालाई हस्तान्तरण गरिएको सेनाले बताएको छ ।
सेनाद्धारा निर्मित दशनार्थीमैत्री पूर्वाधार मुक्तिनाथ विकास समिति र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकालाई हस्तान्तरण गरिएको पृतनापती उपरथी बाँनियाले जानकारी दिए । नेपाली सेनाको शीघ्र प्रवाही योजना अन्र्तगत नेपाली सेना २३ नं. बाहिनी,पश्चिम पृतना हेडक्वाटर र नारायण दल गणका दक्ष जनशक्तिबाट मुक्तिक्षेत्रमा दर्शन गर्न आउने दशनार्थीको हितका लागि मध्यनजर गर्दै सरोकारवाला निकायहरुको सहकार्यमा निर्माण गरिएको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा दशनार्थीमैत्री बिश्रामस्थल पूर्वाधार निर्माण गरिएको उनले उल्लेख गरे ।
नेपाली सेनाद्धारा विनियोजित बजेट ८ लाख ५० हजार र नेपाली सेनाका दक्ष जनशक्तिको निरन्तरको श्रमदान गरी कुल ६७ लाख बजेटमा मुक्तिक्षेत्रमा प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शौचालयसहितको बिश्रामस्थल संरचना निर्माण गरिएको पश्चिम पृतनापती उपरथी बाँनियाले उल्लेख गरे ।
नेपाली सेनाद्धारा निर्मित प्रारम्भिक स्वास्थ्य परीक्षण तथा दशनार्थीमैत्री बिश्रामस्थल अन्र्तगत २ वटा मेडिकल बेडसहितको कक्ष,महिला र पुरुष दशनार्थीहरुका लागि अलग अलग २÷२ वटा शौचालय र २३ वटा फलामे बेञ्चसहितको बिश्रामस्थल निर्माण भएको सेनाले बताएको छ ।
पृतनापती बाँनियाले नागरिक र सैनिकबीचको सम्वन्धलाई प्रगाढ तुल्याउन यसप्रकारको सामाजिक कार्यले दिगोपनाको सुनिश्चिता हुँने उल्लेख गरे ।
मुक्तिक्षेत्रमा सेनाद्धारा निर्मित भौतिक संरचनाको रेखदेख,व्यवस्थापन,प्रर्वद्धन र संरक्षणमा मुक्तिनाथ विकास समिति र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले जिम्मा लिएको मुक्तिनाथ विकास समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।नेपाली सेनाले आफ्नै जनशक्ति परिचालन गरी थोरै लागतमा भव्य प्रारम्भिक स्वास्थ्य परीक्षण केन्द्र तथा शौचालयसहितको दशनार्थीमैत्री बिश्रामस्थल संरचना निर्माण हुनु गर्वको विषय भएको प्रजिअ पन्तले उल्लेख गरे ।
मुक्तिक्षेत्रमा निर्मित दशनार्थीमैत्री पूर्वाधारका लागि मुक्तिनाथ विकास समिति र सम्वन्धित स्थानीयतहले अपनत्व ग्रहण गर्ने भएका हुन् ।समिति र स्थानीय तहले मुक्तिनाथ दर्शन गर्ने दशनार्थीहरुका लागि २ जना अनमी तहको स्वास्थ्यकर्मी करारमा भर्ना गरी प्रारम्भिक स्वास्थ्य परीक्षण केन्द्रको संञ्चालन तथा व्यवस्थापन गर्ने बताईएको छ ।
नेपाली सेनाद्धारा निर्मित पूर्वाधारको उद्घाटन तथा हस्तान्तरणका अवसरमा मुक्तिनाथ दर्शन गर्न आएका धार्मिक तिर्थालुलाई निशुल्क भोजनको व्यवस्था समेत मिलाएको थियो । पूर्वाधार हस्तान्तरण कार्यक्रममा वारागुङ मुक्तिक्षेत्र गाउँपलिकाकी उपाध्यक्ष डिकी गुरुङ,प्रजिअ जनकराज पन्तले सेनाद्धारा निर्माण गरिएको पूर्वाधारले दशनार्थीलाई ठुलो सहयोग पुग्ने बताए ।
उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा सेनाको २३ नं. बाहिनी पतिले विशेष सहयोग पू¥याउने अधिकृत तथा सहयोगी गैर सैनिक व्यक्तिहरुलाई प्रशंसापत्र प्रदान गरेका थिए ।यस्तै पश्चिम पृतनापति उपरथी दिपक कुमार बाँनियाले पूर्वाधार निर्माणमा सहभागी विभिन्न संघसंस्थाहरुलाई कदरपत्र प्रदान गरेका थिए ।सो अवसरमा नेपाली सेनाले दशनार्थीका लागि निशूल्क स्वास्थ्य शिविर संञ्चालन गरेको थियो ।
समुन्द्री सतहदेखि ३८ मिटरको अग्लो उचाईमा अवस्थित मुक्तिक्षेत्रमा दर्शन गर्न जाने दशनार्थीलाई हाईअल्टिच्युडको समस्या देखिने गर्छ । गत वर्ष मुक्तिनाथ दर्शन गर्न आएका १० जना दशनार्थीले हाईअल्टिच्युडका कारण ज्यान गुमाएका थिए । विशेषगरी उमेर कटेका वृद्धवृद्धा,दीर्घ रोगका दशनार्थीलाई हाइैअल्टिच्युडको समस्या देखिने गरेको छ ।
नेपाली सेनाद्धारा प्रारम्भिक स्वास्थ्य परीक्षण केन्द्र निर्माणले हाईअल्टिच्युडबाट अकालमा ज्यान गुमाउने पर्ने बाध्यतालाई न्यूनिकरण गर्ने विश्वाश गरिएको छ । बेसीबाट हतार हतार गरी दशनार्थी सिधै मुक्तिनाथ दर्शन गर्न जाँदा हाईअल्टिच्युड मेन्टन गर्न समस्या हुँने बताईएको छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्









निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया