पावर हाउस समितिमा सुरेन्द्र

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं ३० पावरहाउसमा व्यापार, व्यवसाय गर्ने व्यापारीहरु संगठित भएका छन् । पावरहाउस वजार व्यवस्थापन समितिको वार्षिक साधारणसभा एवं प्रथम अधिवेशनले सुरेन्द्र गुरुङको अध्यक्षतामा नयाँ नेतृत्व चुनेको छ ।
समितिको उपाध्यक्षमा राजेन्द्र पौडेल, सचिव विवेक बराल, सहसचिव सूर्यप्रसाद अधिकारी र कोषाध्यक्ष सञ्जीव ढेवाजु छन् । सदस्यमा किसान गुरुङ, नवराज सुनार, रमेश श्रेष्ठ, अप्सरा थापा, मीना गुरुङ र युवराज दाहाल छन् ।
समितिका अध्यक्ष पदम पौडेलको अध्यक्षता भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीले व्यवसायी संगठित भएर उपभोक्ताको हितमा काम गर्ने क्रममा वडावाट तालिमदेखि व्यावसायिक उत्थानका बारेमा सहजीकरण गर्ने बताए ।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष छत्रधर आत्रेय, वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, बजार व्यवस्थापन समितिका सल्लाहकार शोभामोहन पौडेल, रञ्जना बराल लगायतले बोलेका थिए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया