एनसेलको सोसल मिडिया प्याकमा इन्स्टाग्राम पनि

समाधान संवाददाता २०८० असोज १७ गते ११:३७

काठमाडौं ।
एनसेल आजियाटा लिमिटेडले सस्तो दरमा लामो समयसम्म मोबाइल डेटा प्रयोग गर्न चाहने ग्राहकलाई लक्ष्य गर्दै ‘अलवेज अन डेटा’ प्याक ल्याएको छ । यसअन्तर्गत ग्राहकले १०० रुपैयाँमा २८ दिनसम्म प्रयोग गर्न मिल्ने गरी १ जिबी डेटा पाउँछन् । ८१७१२३३ डायल गरी प्राप्त जानकारी अनुसार यो प्याक एक्टिभेट गर्न सकिने छ ।


यसैगरी एनसेलले आफ्नो विद्यमान सोसल मिडिया डेटा प्याकमा इन्स्टाग्राम पनि थपेको छ । यस अन्तर्गत ग्राहकले अब १९१ रुपैयाँमा ७ दिनका लागि ननस्टप युट्युब, फेसबुक, टिकटक र इन्स्टाग्राम पहुँचको फाइदा लिन सक्नेछन् । ग्राहकले स्टार १७१२३८५८६ ह्यास डायल गरेर यो प्याक लिन सक्छन् ।


त्यस्तै, कर सहित ४५९ रुपैयाँ मा ग्राहकले फेसबुक, युट्युब, टिकटकका साथै इन्स्टाग्राम प्रयोग गर्न दैनिक २८ दिनसम्म १.५ जिबी डेटा लिन सक्छन् । यस बाहेक यो प्याकमा ग्राहकले ८ जीबी अल टाइम प्याक पनि पाउँछन् । २८ दिनको समयसीमा रहेको यो प्याक स्टार १७१२३८५८७ ह्यास डायल गरेर लिन सकिन्छ ।

Advertisement


अलवेज अन डेटाले ग्राहकहरूलाई सुलभ मूल्यमा सधैं सम्पर्कमा रहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ । यसैगरी सोसल मिडिया डेटा प्याकमा इन्स्टाग्राम पनि थपिएकोले यो सुविधाले ग्राहकलाई सामाजिक सञ्जालमार्फत अनलाइन रही सधैं सम्पर्कमा बसिरहन ठूलो भूमिका खेल्ने एनसेलले बताएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया