सहारा क्लब पोखरामा सल्लाहकार परिषद् गठन
पोखरा ।
सहारा क्लब पोखराको सल्लाहकार परिषद्मा नयाँ समिति चयन गरिएको छ । क्लबका निवर्तमान अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ को संयोजकत्वमा नयाँ समिति चयन गरिएको हो ।
सदस्यमा शम्भु कार्की, गणेशबहादुर भट्टराई, तेजबहादुर गुरुङ, टीकाबहादुर कार्की, डा. रवीन्द्रप्रसाद श्रेष्ठ, सुनीलकुमार श्रेष्ठ, दीपेन्द्र श्रेष्ठ, टासी घले र मदन केसी चयन भए । यस्तै, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसी र जिल्ला खेलकुद विकास समिति कास्की अध्यक्ष तोरणबहादुर बानियाँ सदस्य छन् ।
गत भदौ ३० गते भएको क्लबको १३ औं अधिवेशनबाट केशवराज बरालको अध्यक्षतामा निर्वाचित कार्यसमितिको बैठकले सल्लाहकार परिषद् टुंगो लगाएको हो । बैठकले विभिन्न ११ उपसमितिका संयोजक पनि चयन गरेको क्लब महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । क्लबको २ वर्षे कार्यसमिति वरिष्ठ उपाध्यक्षमा पूर्णबहादुर गुरुङ, उपाध्यक्षमा भने चित्रबहादुर पुन र महासचिव रामजीप्रसाद अधिकारी, सचिव टंकराज पौडेल, कोषाध्यक्ष बिनु राना मगर, सहकोषाध्यक्ष अशोक लालचन, सदस्यहरु ज्योति केसी, चन्द्रावती गुरुङ, अम्बर राजभण्डारी, विष्णु गुरुङ, सुशील रिमाल र केशव पौडेल चयन भएका थिए ।
फुटबलमार्फत सामाजिक सेवामा क्रियाशील सहारा क्लब पोखराले दोबिल्लामा सहारा फुटबल एकेडेमीसमेत सञ्चालन गर्दै आएको छ । एकेडेमीमा हाल चौथो ब्याचका लागि विद्यार्थी भर्ना चलिरहेको छ ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया