रात्रिकालीन व्यवसायका महिला कर्मचारीलाई तालिम

समाधान संवाददाता २०८० असोज १७ गते १२:५९

पोखरा ।
सामुदायिक सेवा तथा सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीले रात्रिकालीन व्यवसायमा (डान्स बार, क्लब, दोहोरी तथा होटल) आबद्ध महिला कर्मचारीलाई प्रशिक्षण दिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीसँगको सहकार्य तथा राइट फर चिल्ड्रेनको विशेष सहयोगमा त्यस्ता कर्मचारीलाई सञ्चालक तथा ग्राहकबाट कार्यस्थलमा हुन सक्ने महिला हिंसा, यौन दुव्र्यवहार लगायत अन्य महिला माथि हुन सक्ने विविध घटनाको विषयमा सुरक्षात्मक र सचेतनामूलक कानुनी प्रशिक्षण प्रदान गरिएको संस्थाका अध्यक्ष भीम पराजुलीले बताए ।


कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विक, प्रहरी निरीक्षक समीक्षा घिमिरे र अधिवक्ता कुञ्जनी परियार प्यासीले किशोरीहरुको सुरक्षात्मक तथा कानुनी सचेतना प्रदान गरेका थिए ।


कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापा, पोखरा ६ का अध्यक्ष विष्णुबहादुर भट्टराई, सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समितिका संस्थापक अध्यक्ष मंगलबहादुर नेपाली, संस्थाका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र बजगाई, महासचिव घनश्याम तिम्सिना, राइट फर चिल्डे«नका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेल लगायतले रात्रिकालीन व्यवसायमा काम गर्ने महिलाको समस्याका बारेमा बोलेका थिए ।

Advertisement


कार्यक्रममा सामुदायिक सेवा केन्द्रका पदाधिकारी तथा सदस्य, होटल व्यवसायी तथा सञ्चालक, विभिन्न सामाजिक संघ, संस्थाका प्रतिनिधिको सहभागिता थियो ।

Advertisement

तपाईको प्रतिक्रिया