एमाले गण्डकीका १६२ पदमा ३८२ जनाको उम्मेदवारी

पोखरा ।
नेकपा एमाले गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारीले उम्मेदवारी दिएका छन् । निर्वाचन मण्डलले सार्वजनिक गरेको सूचीअनुसार हालका अध्यक्ष शर्मा र केन्द्रीय सदस्य अधिकारीले अध्यक्षमा उम्मेदवारी दिएका हुन् । शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षको समर्थन छ।
मीनप्रसाद गुरुङ र बाबुरामराम विकले उपाध्यक्षमा उम्मेदवार दिदा धनन्जय दवाडी र रश्मि आचार्यले सचिवमा उम्मेदवार दिएका छन् ।
सहसचिवमा अर्जुनकुमार सुनाम, दामबहादुर विक र सन्तोष रावल, सहसचिव महिलातर्फ मञ्जु अधिकारी र मीना गुरुङले उम्मेदवारी दिएका छन् । अधिवेशनका लागि प्रदेशका ११ जिल्लाबाट ९ सय ७ प्रतिनिधि छनोट भएका छन् । कास्कीबाट सबैभन्दा धेरै एकसय ४६ र मनाङबाट सबैभन्दा कम १४ प्रतिनिधि अधिवेशनमा सहभागी छन् ।
१६२ जनाका लागी ३८२ जनाको उम्मेदवारी परेको छ । अझै पनि सर्वसम्मतका लागि प्रयास भैरहेको गण्डकी इन्चार्ज गोकर्ण बिष्टले बताए ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया