वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका कर्मचारीे आन्दोलित,पालिकाको सेवा बहिष्कार गर्ने
विभिन्न १० बुँदे माग राख्दै प्रेस विज्ञप्ति

जोमसोम—मुस्ताङको वारागुङ मुक्तिक्षेत्रमा कार्यरत स्थानीय सेवाका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट तयार भई मन्त्रिपरिषदबाट संघीय संसदमा पेश हुने तयारीमा रहेको संघीय निमामती ऐन विरुद्ध असहमती जनाउँदै वारागुङ मुक्तिक्षमा कार्यरत स्थानीय सेवामा कार्यरत कर्मचारीहरुले शुक्रबार स्थानीय तहको कामकाँज बहिष्कार गर्ने निर्णय गरेका हुन् ।
वारागुङ मुक्तिक्षेत्रमा कार्यरत स्थानीय सेवाका कर्मचारीले प्रस्तावित संघीय निजामती ऐन विरुद्ध अनिश्चितकालीन बिरोधका कार्यक्रम सार्वजनिक गरेका हुन् । उनीहरुले प्रस्तावित संघीय निजामती ऐनमा शंसोधन गर्नु पर्ने उल्लेख गरेका छन् । स्थानीय सेवामा कार्यरत वारागुङ मुक्तिक्षेत्रका कर्मचारीहरुले बिहिबार विभिन्न १० बुँदे माग राख्दै प्रेस विज्ञप्ति प्रकाशित गरेको वारागुङ मुक्तिक्षेत्रका स्वास्थ्य संयोजक खगेन्द्र बोहराले जानकारी दिए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रस्ताव गरेको संघीय ऐनले स्थानीय सेवामा कार्यरत कर्मचारीहरुको भावना समेट्न नसकेको विज्ञप्तीमा उल्लेख गरिएको छ । संघीय निजामती ऐनको प्रस्तावित मस्यौदामा स्थानीय तहमा कार्यरतको मानमर्दन हुने गरी तेश्रो दर्जाको कर्मचारी रुरुपमा हेरिएको वारागुङ मुक्तिक्षेत्रमा कार्यरत कर्मचारीहरुले बताएका छन् । विज्ञप्तिमा संघीय कार्यालयका उपल्लो तहका सीमित कर्मचारीहरुको स्वार्थ र हित हुने गरी केन्द्रित मस्यौदा तयार भएको र मन्त्रालयबाट गत भदौ ५ गते परिपत्र भएकाले स्थानीय सेवाका कर्मचारीलाई निजामतीको परिभाषा नसमेटिएको भन्दै अनिश्चितकालीन स्थानीय सेवा बहिष्कार गर्ने निर्णय गरेको स्वास्थ्य संयोजक बोहोराले जानकारी दिए ।
वारागुङका स्थानीय सेवामा कार्यरत कर्मचारीहरुले नेपालको संविधान बमोजिम संघीय निमाजती सेवा ऐन नभई एकिकृत निजामती सेवा ऐन ल्याउनुपर्ने, योगदानमा आधारित निवृत्तिभरण सम्वन्धि व्यवस्था तीनै तहको एकिकृत निवृत्तिभरण कोषबाट हुनुपर्ने , सेवा समुहको आधारमा सरकारी सेवाको प्रवेशद्धार स्थानीय सेवा हुने र बढुवा तथा आन्तरिक अन्तरतह प्रतिस्पर्धाको आधारमा प्रदेश तथा संघीय सेवामा जान पाउने व्यवस्था राखिनुपर्ने लगायतका विभिन्न १० बुँदे माग राखी सरकारको ध्यानआर्कषण गराएका हुन् ।
शुक्रबारदेखि
का






सम्पादकीय—निर्वाचन सुरक्षा र प्रहरी प्रशासनको दायित्व
निर्वाचन ७८ दिन बाँकी : चुनाव प्रचारमा १० वटा मात्रै झण्डा, घरदैलोमा २५ जनाभन्दा बढी जान नपाइने
पोखरा महानगरले आज ६७औँ स्थापना दिवस मनाउँदै, ९ जनालाई ‘नवरत्न’ सम्मान
पोखरा विमानस्थल आयोजना प्रमुख मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा, साढे २ करोड बिगो दाबी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया