लेखनाथका ६ पसलमा महानगरको अनुगमन

समाधान संवाददाता २०८० असोज १९ गते ७:४८

पोखरा ।
नेपालीका ठूला चाडपर्व नजिकिँदै आएका छन् । चाडपर्वसँगै किनमेल गर्नेहरुको भिडभाड बजारमा विस्तारै बढ्ने क्रम सुरु भएको छ । खाद्यान्नदेखि लत्ताकपडा, नुनदेखि सुनपसलहरुमा उपभोक्ताको भिड बढने क्रमसँगै महँगी बढने र म्याद गुज्रेका सामानहरु बिक्री गर्ने मौकाका रुपमा व्यवसायीले छोप्ने भएकाले पोखरा महानगरपालिकाले बजार अनुगमन सुरु गरेको छ ।

Advertisement


चाडपर्वको बेलामा व्यवसायीले कृत्रिम अभावदेखि मूल्यवृद्धि गर्ने गरेको गुनासो आउने गरेकाले उपभोक्ता अधिकार, महँगी नियन्त्रण र गुणस्तर कायम गर्न महानगरले अनुगमन गरेको हो । चाडपर्वमा उपभोक्ता नठगिउन् भन्ने उद्देश्यले पोखरामा बजार अनुगमन भएको हो ।


‘व्यापार बढेसँगै चाडपर्वको समयमा कृत्रिम अभावदेखि कालोबजारी बढ्छ, त्यसैले महानगरभित्र अनुगमन गरेका हौं,’ महानगर बजार अनुगमन अधिकृत भरतराज पौडेलले भने । मनपरी मूल्य र बदमासी रोक्न अनुगमनलाई दसंैसम्म अनुगमनलाई तीव्रता दिने उनले बताए ।

Advertisement


महागनरले बिहीबार लेखनाथ क्षेत्रका ६ वटा पसलमा अनुगमन गरेको छ । अनुगमन गरिएका ६ वटा पसलबाट म्याद नाघेका अखाद्य वस्तु मिसाइएका १७ हजार ८३१ रुपैयाँ बराबरको सामग्री नष्ट गरिएको सापकोटाले जानकारी दिए । अनुगमनका क्रममा पोखरा ३० मा रहेको एएनबी सर्पिङ सेन्टरबाट १३ हजार ७ सय ३५ रुपैयाँ मूल्य बराबरको म्याद नाघेका र अखाद्य वस्तु फेला परेपछि नष्ट गरिएको बजार अनुगमनमा सहभागी महानगरका ऋषि सापकोटाले जानकारी दिए ।


पोखरा ३० कै एनएस मिराज स्टोर्समा नापतौलका सामग्री दर्ता नगरेको, महानगरमा व्यवसाय नवीकरण नगरेको, सम्पत्ति कर नतिरेको देखिएकाले महानगर र नापतौल तथा गुणस्तर कार्यालयमा १ साताभित्र उपस्थित हुन निर्देशन दिइएको छ । मुक्त खुद्रा स्टोर्स पोखरा ३१ पनि २१० बराबरको सामग्री नष्ट गरिएको छ । लाहाचोक किरानामा पसल अखाद्य वस्तु मिसाइएका वस्तु फेला परेको थियो । त्यसलाई नष्ट गरिएको छ । लेखनाथकै म्याग्दी सुमन होटलबाट २० हजार बराबरको फ्राई गरेको लेग पिस नष्ट गरिएको छ ।

Advertisement


पोखरा महानगरपालिका कार्यबाहक प्रमुख एवं अनुगमन समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा अनुगमन गरेको हो । अनुगमनका क्रममा अखाद्य वस्तु, म्याद नाघेका खाद्य सामग्री, मूल्यसूची नभएका, लेवल नलगाएका सामग्री फेला परेको महानगर अनुगमन समितका अधिकृत भरतराज पौडलले बताए । । उनले चाडपर्वमा किनमेलका लागि भिडभाड बढी हुने भएकाले म्याद गुज्रेका र अखाद्य वस्तु मिलाएर आउने भएकाले त्यसको नियन्त्रणका लागि अनुगमन प्रभावकारी बनाउने योजना अनुसार चाडपर्व अनुगमनलाई तिव्रता दिइएको बताए ।


अनुगमनमा जिल्ला प्रशासन कार्यालय कास्की, गुणस्तर तथा नापतौल कार्यालय पोखराका सहायक निरीक्षक रघुनाथ पौडेल, खाद्य प्राविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका खाद्य निरीक्षक सविना सुनार, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि मुकुन्दराज पौडेल, पोखरा महानगर सहकारी तथा उद्योग शाखा प्रमुख भरतराज पौडेल, महानगर सहकारी शाखाका ऋषिराम सापकोटा, पत्रकार गौरव त्रिपाठी र राजु गिरी सहभागी थिए ।


चाडपर्व र राजनीतिक अस्थिरताको मौका छोपेर व्यापारीले मूल्यवृद्धि गर्ने हुँदा टोलीले अनुगमनलाई तीव्रता उनले बताए । चाडपर्व नजिकिएसँगै यसमाथि दसैंमा किनबेल गर्नेको भिडभाड हुने गरेको छ उनले भने, ‘उपभोक्ताहरु बढी ठगिने भएकाले अनुगमनलाई तीव्रता दिइएका छौं । कानुनी प्रावधान अनुसार दोषीलाई कारबाही हुन्छ ।’

तपाईको प्रतिक्रिया