‘क्यान्टाबिल’को सोरूम पोखरामा खुल्दै

समाधान संवाददाता २०८० असोज १९ गते ९:१८

पोखरा ।
भारतको प्रख्यात कपडा ब्रान्ड ‘क्यान्टाबिल‘को एक्सक्लुसिभ स्टोर (सोरूम) पोखराको न्युरोडमा खुल्ने भएको छ । पोखरा क्षेत्रका फेसन पारखीहरूलाई लक्ष्य गर्दै असोज २८ गते घटस्थापनाका दिन उक्त सोरूम खोल्ने तयारी गरिएको क्यान्टाबिल ब्रान्डका लागि पोखराको आधिकारिक युज इन्टरनेसनलका प्रबन्धक निरोज गौतमले बताएका छन् ।

Advertisement


क्यान्टाबिल ब्रान्डले पोखराका ग्राहकलाई एक अविस्मरणीय किनमेलको अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ । सोरूम उद्घाटनको अवसरमा क्यान्टाबिलले पोखराका आफ्ना ग्राहकहरुका लागि विशेष छुट अफर प्रदान गर्ने भएको छ ।


क्यान्टाबिलमा पुरुष, महिला र बालबालिकाहरूका लागि उच्च गुणस्तरीय समकालीन डिजाइनहरूको पोसाक पाइनेछ । औपचारिक तथा अनौपचारिक पहिरन, जातीय पहिरन र सामानहरूसहित कपडा विकल्पहरूको विस्तृत शृंखलाको साथ क्यान्टाबिलले फेसनेबल र किफायती फेसन खोज्ने व्यक्तिका लागि क्यान्टाबिल राम्रो गन्तव्य हुने कम्पनीले विश्वास लिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया