सहारा हङकङमा १२ जना आजीवन सदस्य थप

पोखरा ।
सहारा क्लब हङकङले १२ जनालाई आजीवन सदस्यता दिएको छ । संस्थाको सोमबार सम्पन्न ११ औं वार्षिक कार्यक्रममा उनीहरुको योगदानको कदर गर्दै आजीवन सदस्यता प्रदान गरेको हो ।
जसमा कास्कीको अर्मलाकोटका भीमबहादुर गुरुङ, अर्मलाका सुरज गुरुङ, रिभानका विकास गुरुङ, सावेतका अमृत गुरुङ, याङ्जाकोटका दुतराज गुरुङ छन् । कास्कीकै रेनु केसी, दिलबहादुर गुरुङ, डु गुरुङ, राजकुमार सापकोटा छन् । गोरखाका रोशन आलेमगर, सानु गुरुङ, पर्वतका अनील गुरुङलाई पनि आजीवन सदस्यता दिइएको सहारा क्लब हङकङ अध्यक्ष दीपक गुरुङले बताए । उनीहरुलाई खादा लगाई स्वागत सम्मान गरिएको थियो ।
याक एन्ड यती रेस्टुरेन्टमा अध्यक्ष दीपक गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका पूर्वसल्लाहकार तथा आजीवन सदस्य मीनबहादुर गुरुङ, प्रमुख सल्लाहकार दुर्गाबहादुर गुरुङ (एनडी) लगायतले सामाजिक सेवामा सक्रिय सहारा क्लब हङकङलाई थप सफलताको शुभकामना दिए ।
संस्थाका उपाध्यक्ष सरोज गुरुङ (खम) ले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन महासचिव कुमार गुरुङले गरेका थिए । सहारा क्लब पोखराको हङकङमा झै सहारा क्लब युके र अस्ट्रेलियामा पनि शाखा विस्तारित छन् । फुटबलमार्फत सामाजिक सेवामा क्रियाशील सहारा क्लब पोखराले गत भदौ ३० मा स्थापनाको रजत जयन्ती मनाएको छ ।
क्लबले पोखराको दोबिल्लामा सञ्चालन गरेको सहारा फुटबल एकेडेमीमा विपन्न तथा कठिन परिस्थितिका बालकहरुले निशुल्क आवासीय सुविधासहित पढ्न र फुटबल सिक्न पाएका छन् ।









‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया