पोखरा ९ को चण्डी मन्दिरमा नवदुर्गा पूजा गरिने

पोखरा ।
पोखरा महानगरपालिका वडा नं. ९ दरबारथोकमा रहेको ऐतिहासिक चण्डी मन्दिरमा यस वर्ष पनि नवदुर्गा पूजा तथा चण्डी पाठ गरिने भएको छ । चण्डीमाई सेवा समिति, चण्डिका आमा समूह र दरबारथोक टोल विकास संस्थाको संयुक्त भेलाले विमला रानाभाटको संयोजकत्वमा २१ सदस्यीय नवदुर्गा पूजा तथा चण्डी पाठ मूल आयोजक समिति २०८० गठन गरेको छ ।
यो मन्दिरमा लामो समयदेखि दसैंका बेला चण्डी पूजा हुँदै आएको चण्डिमाई सेवा समितिका अध्यक्ष तथा पूजा व्यवस्थापन उपसमिति संयोजक तेजबहादुर भुजेलले वताए ।
नवदुर्गा पूजा असोज २८ गते घटस्थापनाको दिनदेखि दैनिक रुपमा पण्डित विशाल चापागाईंद्वारा चण्डीपाठ परायण हुने, महाअष्टमीमा देवीको तेस्रो नेत्र दर्शन, नवामीमा फूलपाती विसर्जन गरी यो वर्षको नवदुर्गा गरिने प्रचारप्रसार उपसमिति संयोजक कृष्ण रानाभाटले बताए ।
समितिको सहसंयोजकमा शोभा अधिकारी, सचिवमा शोभाकान्त सिग्देल, कोषाध्यक्षमा निलम खवास, सहसचिवमा शान्ति भुजेल, सहकोषाध्यक्षमा इन्द्रबहादुर खवास, सदस्यहरुमा बुद्धिबहादुर रानाभाट, विष्णुबहादुर खवास, सीता नेपाली, रचना खवास, सुनीता केसी, गौरा पौडेल, मिलन केसी, कृष्णबहादुर श्रेष्ठ, कृष्ण माया कार्की, कमला पाण्डे, हीरा घले, मेनका श्रेष्ठ, उषा माता छन् ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, पोखरा ९ का अध्यक्ष दीपेन्द्र मर्सानी, पूजा व्यवस्थापन समिति संरक्षक तेजबहादुर भुजेल, वेदनाथ कोइराला, पूर्णबहादुर भुजेल, टीका भु्जेल, वेदकुमार श्रेष्ठ, रामु बास्तोला, अमृतमान श्रेष्ठ, श्याम राना, जगत केसी, हरिमाया गुरुङ, वीरबहादुर गुरुङ, शालिकराम अधिकारी, पुष्पा आचार्य, हरि भुजेल, रमेश पौडेल, खिमा गुरुङ, कृष्ण रानाभाट, केशवप्रसाद रेग्मी, हरिश्चन्द्र तिवारी सल्लाहकार छन् ।
पूजा व्यवस्थापन उपसमितिको संयोजकमा तेजबहादुर भुजेल, आर्थिक व्यवस्थापन उपसमितिको संयोजकमा नीलम खवास, प्रचारप्रसार उपसमितिको संयोजकमा कृष्ण रानाभाट, सांस्कृतिक उपसमितिको संयोजकमा उषा माता, साउन्ड सिष्टम बत्ती माइक उपसमितिको संयोजकमा कृष्णबहादुर श्रेष्ठ, शान्ति सुरक्षा उपसमितिको संयोजकमा हीरा घले र सरसफाइ व्यवस्थापन उपसमितिको जिम्मेवारी चण्डिका आमा समूहलाई प्रदान गरिएको छ ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया