दसैं कसको चाड ?

जगमान गुरुङ २०८० असोज २१ गते १२:१९

दसैं नेपालमा चारपटक मनाइन्छ । दसैं चैत, पुस र असारमा पनि मनाइन्छ । यो भन्दा कतिपय अहिले पनि छक्क पर्लान् । शरद ऋतुको आश्विन शुक्ल पक्षमा मनाइने बडादसैं भने सबै नेपालीले मनाउँछन् ।


दसैंमा भनिने ‘विजया दशमी’ भारतबाट आयातित शब्द हो । विजया दशमी भनेको एक दिनमात्रै हो । भारतमा रामले रावणलाई मारेको विजय उत्सवमा दसैं नभएर रामलीला मनाउँछन् तर नेपालमा दसैंमा दुर्गा भवानीको पूजाआराधना गरी मनाउने भएकाले हामीले दसैं मनाउँछौं । दसैंमा महाकाली, महालक्ष्मी, महापार्वतीको पूजा हुन्छ । दशमीको दिन दसैं विसर्जन हुन्छ ।


दसैं समाज र संस्कृतिसँग जोडिएको छ । संस्कृतिअनुसार घटस्थापनाका दिन जमारा राख्ने, फूलपातीको दिन दुर्गा स्थापना गर्ने गरिन्छ । दुर्गा स्थापना भनेको पहिलेका खुँडा, खुकुरी, तरबार सिँगारेर स्थापना गर्ने, फूलपाती भित्रयाइन्छ । त्यसपछि महाअष्टमी र महानवमीको दिनमा पुराना हतियारमा दुर्गा जगाउने, खाँडो जगाउने र दशमीको दिनमा देवी विसर्जन गर्दै टीका र जमरा लगाउने चलन छ ।

Advertisement


दसैंमा मावली–ससुराली जानु, मान्यजनकहाँ गएर टीका थाप्नु आशीर्वाद लिनु, विदेश गएकाहरू घर आउनु, सबैसँग भेटघाट हुनु, सुखदुःख साटासाट हुनु आदि सामाजिक पक्ष हुन् । सबैजना भेट भएको बेलामा रमाइलो हुन्छ, दुःखासुखका बातचि हुन्छन्, जसबाट आत्मीयता प्रगाढ हुन्छ, सम्बन्धहरूको नवीकरण हुन्छ । यस्ता सामाजिक र सांस्कृतिक पक्षले दसैंलाई झनै महान् बनाएको छ ।


दसैंमा किन खाइन्छ मासुभात?
दसैंलाई मासुभात खाने पर्व पनि भनिन्छ । यसको पनि आफ्नै पहिचान छ । यो किन भनिएको हो भने मान्छे वर्षाभरि पानिमा भिजेको छ । हिलोमा चोपलिएको छ ।

Advertisement

बडादसैं हिन्दुको मात्रै नभई नेपालीको महान् चाड हो । तर पञ्चायतकालमा त हिन्दुहरूको एक मात्र महान् चाड भनिन्थ्यो किनकि त्यतिखेर नेपाल हिन्दु अधिराज्य थियो । हिन्दु राज्यमा हिन्दुकै बढी प्रचारप्रसार हुन्छ र हुनुपर्छ भन्ने थियो


शरीरले पनि धेरै कसरत गरेको छ । कतिका मांशपेसीहरू कुँजिएका हुन्छन् । नसा कुँजिएको हुन्छ । यो समयमा धान, कोदो रोपी गोडमेल गरी आराम गर्ने समय मिलेकाले खुसी हुँदै मासुभात खाइन्छ ।


अझै गुरुङहरूको त हिमाल नुहाएर आएको भेडाको मासु खाने चलन छ । उच्च हिमाली क्षेत्रमा भेडीगोठ हुन्छ । त्यहाँका भेडाले यार्सालगायत जडीबुटी खाएका हुन्छन् । भेडाको मासु खाए त्यो यार्साको रस मान्छेको शरीरमा जाने भएकाले भेडाको मासु खाने गरिन्छ ।


मासुभात खाएपछि लिंगे पिङ खेल्नुपर्छ । यसको अर्कै वैज्ञानिक भनाइ छ । पिङ खेल्दा शरीरमा कुँजिएका नसा र मांशपेशीहरू क्रियाशील हुन्छन् । मुटुको गति बढ्छ । यसमा पनि आफैंले मच्चाएर पिङ खेल्दा झनै फाइदा हुन्छ । खुम्चिएका नसा, कुँजिएका ग्रन्थीहरू पिङ खेलेपछि तानिन्छन् । शरीरका लागि यो राम्रो हुन्छ ।


दसैं हिन्दुको कि नेपालीको ?
बडादसैं हिन्दुको मात्रै नभई नेपालीको महान् चाड हो । तर पञ्चायतकालमा त हिन्दुहरूको एक मात्र महान् चाड भनिन्थ्यो किनकि त्यतिखेर नेपाल हिन्दु अधिराज्य थियो । हिन्दु राज्यमा हिन्दुकै बढी प्रचारप्रसार हुन्छ र हुनुपर्छ भन्ने थियो । तर अहिले त्यस्तो अवस्था छैन । त्यसकारण यो नेपालीहरूको महान् चाड हो ।


अहिले नेपालीको महान् चाड भन्ने गरेको सुनिन्छ । राई, लिम्बूलाई हिन्दु भन्ने कि के भन्ने? गुरुङ, मगरहरूलाई के भन्ने? यो हिन्दुहरूको मात्रै होइन । नेपालीहरूको चाड हो भन्ने कुरा भयो । नेपाललाई संविधानले पनि धर्मनिरपेक्ष राज्य भनेको छ ।


नेपालका प्रमुख सप्तपीठहरूमा बज्रयानीतन्त्रअनुसार पूजा हुन्छ । बज्राचार्य हिन्दु त होइनन् । राई, मगर, गुरुङ हिन्दु होइनन् तर संस्कार मान्ने गर्छन् । धेरैजसो शक्तिपीठमा थारू, मगर, गुरुङ नै पुजारी छन् । त्यसैले दसैं हिन्दुहरूको नभई नेपालीहरूको नै महान् चाड हो ।


बढ्दो विकृति
मुख्य कुरो त हरेक चाड विधिपूर्वक हुनै छाडिसके । यसलाई विकृति भन्ने कि के भन्ने ? अहिले गाउँमा मान्छे सहरबजार गए । कहाँ जमारा राख्ने? कहाँ बोकाको बलि दिने, कहाँ के गर्ने ? यस्तो समस्या हुन्छ । जमारा राख्नेहरूले त राख्छन् तर विधिअनुसारको जमरा हुँदैन ।


म सानैमा हुँदाको दसैं र अहिले मेरा छोराहरूले मनाउने दसैंमा पनि फरक छ । पहिले गाउँका क्षत्री–बाहुन रातभरि लम्बरी भजन गाउँथे । अहिले यो चलन हरायो । अहिले विधिविधान केही छैन । नौ दिनसम्म दमाह बज्नुपर्छ । दसैं मान्नुपर्छ भन्यो, तास खेल्यो । रक्सी खायो, बस्यो । दसैं मनाउने यसरी होइन ।


बलि हिंसा हो ?
पछिल्लो समय राँगा, बोकाको बलि चढाउनुहुँदैन भन्ने कुरा पनि उठिरहेको छ । कुरा आउँछ मान्छेले मासु खाने कि नखाने? मासु खाने हो भने बलि पनि दिनुप¥यो । मासु नखाने हो भने नदिए पनि भयो ।


यो बेला पूजामा मात्रै होइन, अरू ठाउँमा पनि बध गर्नुभएन । अहिले धेरैले बलि दिन मासु खान पनि छाडे तर दसैंमा काटिने राँगा, बोका, कुखुरा, हाँस, भेडा, च्यांग्रा भगवान्का रूपमा अर्पण गर्ने मासु प्रसादका रूपमा खाने हो ।
डा. गुरुङ नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति हुन्

तपाईको प्रतिक्रिया