दर्के झरीमा पोखरा नयाँबजारको सडक पिच

पोखरा ।
पोखरा नयाँबजारमा शनिबार झमझम दर्किएको झरीका बेला सडकमा अस्फाल्ट प्रविधिमा कालाेपत्रे गरिएकाे छ । कालोपत्रे सडकको सबैभन्दा ठूलो शत्रु नै पानी हो, त्यसमाथि नयाँबजारमा पानी पर्दापर्दै पिच गरिएको थियो । पानीमा गरिएको पिचको गुणस्तरमाथि स्थानीयले प्रश्न उठाएका छन् ।
पानी परेका बेला सडक कालोपत्र गर्न नहुने प्राविधिकहरू बताउँछन् । पानीमा सडक कालोपत्र गर्दा आवश्यक तापक्रम नपुग्ने र पानीले कालोपत्र जम्न नसक्ने भएकाले यस्तो बेला कालोपत्र गर्न नमिल्ने प्राविधिकहरू बताउँछन् । पुरानो कालोपत्रमाथि अस्फाल्ट प्रविधिमा कालोपत्र थपिएको थियो । जसको मोटाइ कम्तीमा ५ सेन्टिमिटर हुनुपर्ने प्राविधिकहरूले बताएका छन् ।
पोखराको न्युरोड र महेन्द्रपुल तथा लेकसाइडमा केही वर्षअघि नै अस्फाल्ट पिच भइसकेको छ । पाेखरा महानगरपालिकाले पृथ्वीचोकबाट महेन्द्रपुलसम्मको सडक पनि अल्सफाल्ट पिचका लागि ठेक्का दिएको थियो । जहिले मौसम विभागले झरी नै पर्ने अनुमान गरेको थियो त्यही बेला ठेकेदार कम्पनीले पिच गरेको छ ।
महेन्द्रपुल-पृथ्वीचोक सडक पिच हुनासाथै कतिपय ठाउँमा भने फेरि खाल्डो खनिएको छ । यो सडकको अस्फाल्ट पिच सर्वसाधारणका आँखाले पनि गुणस्तरहीन देखिएको छ ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया