विस्तारै खुल्न थाल्यो थुनिएको किम्रोङ खोला

समाधान संवाददाता २०८० असोज २१ गते १३:५३
तस्बिर साभार : सुवास सापकोटा/विश्वपाटी

पोखरा ।

पहिरोले थुनिएको कास्कीको अन्नपूर्ण गाउँपालिकाको किम्रोङ खोलाको पानी बिस्तारै बग्न थालेको छ । थुनिएको खोलाको छेउबाट आफैं विस्तारै पानी बग्न थालेकाले अन्नपूर्ण गाउँपालिका प्रवक्ता एवम् वडा नम्बर ७ का वडाध्यक्ष भरतमान गुरुङले जानकारी दिए ।

विस्तारै पानी बग्न थालेपछि जोखिम कम हुँदै गएको प्रवक्ता गुरुङले बताए । खोलामाथिबाट पहिरो आएपछि किम्रोङ खोला शनिबार राती ९ बजेदेखि पहिरोले खोलामा पानी थुनिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया