रिडर्स कर्नरमा किताब मेला

समाधान संवाददाता २०८० असोज २१ गते १५:३२

पोखरा ।
पोखरा ९ न्युरोडस्थित रिडर्स कर्नरमा किताब मेला शुरू भएको छ । नयाँ तथा पुराना किताब खरिदमा विशेष छुटसहित किताब मेला सुरू भएको हो । रिडर्स कर्नरका सञ्चालक विजय भण्डारीले असोज २१ गतेदेखि कात्तिक ४ गतेमसम्म किताब मेला चल्ने जानकारी दिए ।

Advertisement


हरेक वर्ष जस्तै, रिडर्स कर्नरमा किताब विशेष चाड बनाउनका लागि किताब मेला शुरू गरिएको भण्डारीको भनाइ छ । ‘रिडर्स कर्नरमा यसअघिका वर्षमा पनि किताब मेला हुँदै आएको छ । यो छैटौँ किताब मेला हो,’ उनले भने, ‘चाडबाडलाई किताब विशेष बनाऔँ भनेर किताबप्रेमी लक्ष्य गरी केही सहुलियतसहित किताब मेला सुरू गरेका छौँ ।’

३५ सयदेखि ४९ सय ९९ रूपैयाँसम्मको किताब खरिद गर्दा २० प्रतिशत छुट र लक्की ड्र मार्फत एउटा किताब सित्तैमा

Advertisement


भण्डारीका अनुसार किताब खरिद गर्दा विभिन्न छुटको व्यवस्था छ । १९ सय ९९ रूपैयाँको किताब खरिद गर्दा १० प्रतिशतसम्म छुट, २ हजारदेखि ३४ सय ९९ रूपैयाँसम्मको किताब खरिद गर्दा १५ प्रतिशत छुट पाइनेछ । ३५ सयदेखि ४९ सय ९९ रूपैयाँसम्मको किताब खरिद गर्दा २० प्रतिशत छुट र लक्की ड्र मार्फत एउटा किताब सित्तैमा पाइनेछ । ५ हजार रूपैयाँभन्दा धेरैको पुस्तक खरिद गर्दा २५ प्रतिशत छुट र २ वटा किताब सित्तैमा पाइनेछ ।


पुस्तकालयले किताब खरिद गर्दा १० हजारदेखि २५ हजार ९९९ नेपाली साहित्यको किताब खरिदमा २० प्रतिशत र अंग्रेजी किताब खरिद गर्दा १५ प्रतिशतसम्मको छुट पाइनेछ । २६ हजारदेखि ४९ हजार ९९९ रूपैयाँसम्मको नेपाली साहित्यको किताब खरिद गर्दा २५ प्रतिशत र अंग्रेजी साहित्यको किताब खरिद गर्दा २० प्रतिशत छुट पाइनेछ ।

Advertisement

५० हजारदेखि माथिको नेपाली साहित्यको किताब खरिदमा ३० प्रतिशत र अंग्रेजी साहित्यको किताब खरिद गर्दा २५ प्रतिशत छुट पाइनेछ । भण्डारीले कर्नरमा उपलब्ध किताबहरूमध्ये मेलामा केही किताब खरिदमा ५० प्रतिशतसम्म छुटमा बिक्रीका लागि राखिएको छ ।

तपाईको प्रतिक्रिया