लेखनाथ सामुदायिकको सभा

लेखनाथ ।
लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवाको शनिवार १७ औं वार्षिक साधारण सभा भएको छ । सभामा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले कास्कीमा बढी लागुऔषध, घरेलु हिंसा र आर्थिक अपराधका घटना देखिएको जनाए ।
उनले ती अपराध न्यूनीकरणका लागि समुदायसँग सहकार्य गर्दै प्रहरी अघि बढ्ने उनले जनाए सामुदायिक सेवा केन्द्र कास्कीका वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र बजगाईले घटना हुनुपूर्व अपनाउनुपर्ने होशियारी र कानुनी उपाचारलाई प्रभावकारी तरिकाले सर्वसाधारणसमक्ष लैजानुपर्ने विचार राखे ।
पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले स्थानीय तह, नागरिक समाज र प्रहरीको सहकार्यबाट मात्र सुरक्षित, शान्त र समुन्नत समाज सम्भव हुने जनाए । कार्यक्रममा लेखनाथ सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष मोती गिरी, लेखनाथ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, संस्थाका उपाध्यक्ष गंगा खनाल, सचिव केशवराज तिवारी र सहसचिव दीपकराज भण्डारीले बोलेका थिए ।
समारोहमा लेखनाथ सामुदायिक सेवा केन्द्रको भवन निर्माणमा सहयोग गर्ने व्यक्तित्व र संस्थाका आजीवन सदस्यलाई सम्मान गरिएको केन्द्रका अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताए । उनले सेवा केन्द्रले सामाजिक क्षेत्रमा गरेका काम र आगामी दिनमा गर्नुपर्ने कामका बारेमा प्रकाश पारेका थिए ।









लक्ष्मी ग्रुपको ५२औं स्थापना दिवसमा २१ कर्मचारी सम्मानित
‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया