गण्डकीको प्रदेश कार्यालय उद्घाटन गर्न रवि लामिछाने भोली पोखरा आउने

पाेखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पोखरा आउने भएका छन् । गण्डकी प्रदेश कार्यालय उद्घाटन गर्न सभापति लामिछाने पोखरा आउने कार्यक्रम रहेको कार्यक्रमका प्रचारप्रसार संयोजक सुजन बस्ताकोटीले जानकारी दिए । रास्वपाले गण्डकी प्रदेश कार्यालय पोखराको जिरोकिलोमिटरमा स्थापना गरेको छ । प्रदेश कार्यालय उद्घाटनसँगै कास्कीका विभिन्न पालिकामा पुग्ने तालिका रहेको प्रचारप्रसार संयोजक बस्ताकोटीले बताए ।
‘सोमबार पोखरा २९ भण्डारिढिक खेल मैदानमा बिहान ११ बजे त्यहाँका स्थानीयलाई सभापति ज्यूले संम्बोधन गर्ने तालिका छ । यसलगत्तै जिरोकिलो मिटरमा प्रदेश कार्यालय उद्घाटन गर्ने सेडुल छ,’ प्रचारप्रसार संयोजक बस्ताकोटीले भने ।
सोमबार नै सभापति लामिछानेले माछापुच्छे« गाउँपालिका वडा नम्बर ४ लाहाचोकमा दिउँसो पौने ३ बजे त्यहाँका स्थानीयहरुलाई सम्बोधन गर्ने तालिका रहेको उनले सुनाए । स्रोतका अनुसार सभापति लामिछानेले गण्डकी एक हप्ता संगठन विस्तारसँगै नागरिकको घरदैलोमा पुग्ने कार्यक्रम छ । कार्यक्रममा रास्वपाक सभापति लामिछाने, प्रतिनिधिसभा सदस्य स्वर्णिम वाग्ले र शिव नेपाली, गण्डकीका सभापति राजन गौतमले सम्बोधन गर्ने कार्यतालिका तालिका छ ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया