एक महिनाअघि मात्रै इजरायल गएका थिए सुरज

समाधान संवाददाता २०८० असोज २२ गते १३:२५

पोखरा ।
इजरायलमा झन्पछि झन् अवस्था तनावग्रस्त बनेको छ । त्यहाँ पुगेका नेपालीहरू सुरक्षाका लागि सरकारसँग गुहार गरिरहेका छन् । १० जना नेपाली विद्यार्थीको मृत्यु भएपछि अवस्था झन् डरलाग्दो बन्दै गइरहेको हो । सरकारले उद्दारका लागि अहिलेसम्म कुनै ठोस कदम चाल्न सकेको छैन ।


इजरायलमा फसेका कास्कीको अन्नपूर्ण गाउँपालिका २ का सुरज भण्डारीले आज इजरायलको बंकरबाट प्रधानमन्त्रीलाई सम्बोधन गर्दै हस्तलिखित पत्रसमेत पठाएका छन् । आफ्नो अभिभावक सरकारबाट के हुन्छ भनेर पर्खेर बसेका ३ हजारभन्दा बढी नेपालीको प्रतिनिधित्व गर्दै उनले पठाएको पत्र आफैँमा दर्दनाक छ ।


भण्डारी एक महिनाअघि मात्रै इजरायल गएका हुन् । उनका बुबा निलकण्ठ भण्डारीका अनुसार उनी ११ महिनाले प्राक्टिकलका लागि सुरज इजरायल गएका हुन् । गत भदौ १६ गते सिक्दै कमाउँदै कार्यक्रम अन्तर्गत कृषि तथा वन विश्वविद्यालयका अन्तिम वर्षका १ सय १९ जना विद्यार्थी इजरायल गएका थिए । उनीहरु ११ महिनाको लागि इजरायल गएका थिए ।

Advertisement


बुबा निलकण्ठले छोरासँग बिहानसम्म कुरा भएको बताए । ‘बिहानसम्म कुरा भएको थियो । अहिलेसम्म सुरक्षितनै छौं भन्दै थियो । कहिलेबेलासम्म सुरक्षित हुने थाहा छैन । उताबाट उद्दार हुन लागेको भनेर सुनिएको छ । यतापनि मन्त्रालयसम्म कुरा पुगेको छ । कुरामात्रै होकी उद्दार हुन्छ हेरौं,’ सुरजका बुबाले भने ।


‘११ महिनामा यस देशबाट केही सिप लिएर नेपाल फर्किएर नेपालमा केही गर्ने हाम्रो सपनाको संसार भत्किदै गैराखेको छ,’ इजरायलमा फसेका भण्डारीले भने । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनका विद्यार्थी भण्डारी इजरायलमा रहेका नेपालीहरूको बारेमा र उद्धारको याचनासहित यस्तो भन्छन् ।

Advertisement


यहाँ चाहिँ निकै नै अप्ठ्यारो परिस्थिति छ अहिले । अब सुरक्षित स्थानको लागि भन्दै नेपालमा चाहिँ विज्ञप्ति देख्या हुन्छु । अब न्युज मिडियाले हालिराखेका हुन्छौँ । खासमा यहाँ सुरक्षित स्थान कुनै पनि छैन के । यो देश आफैमा सानो छ । यहाँ आक्रमण एक ठाउँबाट भएको छैन । आक्रमण गरिराखेका छन् । अनि हामीलाई कहाँबाट सुरक्षित हुन्छ ? हामीलाई नेपाल फर्किएपछि मात्र सुरक्षित छ । नत्र कहीँ पनि छैन ।


अहिलेलाई म बसेको फार्मचाहिँ केहि हदसम्म अलिकति ठूलै वार नभएको भएर चाहिँ अलिकति सुरक्षित फिल गरिरहेका छौँ । तर, यहाँ कति बेला के हुन्छ त्यो पनि थाहा छैन । अब हाम्रा साथीहरू एउटै कलेज, विश्वविद्यालयको अरू धेरै फार्ममा बाँडिएका छौँ । तिनीहरू भएको फार्मचाहिँ मैले यहाँबाट भिडियो कल गर्छु । के हुँदै छ भनेर सोध्छु । उनीहरूले सिधै बोल्दाखेरि उता पट्टिबाट बुटुटु साउन्ड आएको हुन्छ के । उनीहरू त्यो स्थितिमा बंकरभित्र बसिराखेको छ ।


कतिपय ठाउँमा छ गाजाको नजिकनजिक बंगरभित्र छिरेर पनि गोली हानेर मारेको पनि छ । सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीको त तपाईँहरूले थाहा पाइसक्नुभयो । त्यहाँ त ज्यानधनकै क्षति भइसकेको छ । हामीलाई हरेक कुराबाट मेन्टल्ली टायट बनाइसकेको छ । अब नेपाल सरकारले कुन तरिकाले जाने हो ।


अहिलेसम्म पनि केही रेस्पोन्स देखाएको छैन, प्रचण्ड सरकारबाट । कहिलेबाट रेस्पोन्स आउने हो त्यो पनि थाहा छैन । अर्को विकल्प पनि छैन । हामी प्लेन टिकट लिने अवस्था पनि छैन । हामी आफै गर्छु भनेर एर्पोटसम्म जाने अवस्था छैन । यहाँबाट आर्मीहरूले स्कटिङ गरेर लानुपर्ने हुन सक्छ । अथवा ग्रुपमा त्यो नगरीकन पनि सम्भव छैन । त्यो भएर हामीले यहाँ गर्ने भनेको चाहिँ थुचुक्क बस्ने बाहेक अरू अप्सन पनि छैन । न कहीँ जाम भन्ने छ न केही गरौँ भन्ने छ । त्यो भएर अवस्था साह्रै गाह्रो छ ।

तपाईको प्रतिक्रिया