लोकदोहोरी मूल्यांकन सिकाइयो

पोखरा ।
लोक तथा दोहोरी गीतमा भाषिक शुद्धता तथा प्रतियोगिताको मूल्यांकनलाई व्यवस्थित र मर्यादित बनाउन लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कास्कीले कलाकारलाई तालिम दिएको छ ।
तालिममा ४० कलाकारले भाग लिएको प्रतिष्ठान कास्कीका कार्यवहाक अध्यक्ष परशुराम अधिकारीले जानकारी दिए । प्रतिष्ठान नेपालका पूर्व केन्द्रीय अध्यक्ष प्रजापति पराजुली, केन्द्रीय सचिव शंकरविरही गुरुङ र पूर्व उपमहासचिव चोलेन्द्र पौडेलले तालिममा सहजीकरण गरेका छन् ।
प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष पराजुलीले केही प्रतियोगिताका मूल्यांकनमा निर्णायक विवादित भएको अवस्थामा तालिम आवश्यक भएको बताए । निर्णायकले प्रतियोगीलाई नम्बर दिने प्रविधि सिकाउँदै पराजुलीले नम्बर धेरै फरक परे जित्नेले हार्ने र हार्नेले जित्ने अवस्था आउने तर्क गरे ।
प्रतिष्ठान नेपालका केन्द्रीय सचिव गुरुङले प्रतियोगिताको मूल्यांकन फारम निर्माणबारे सहजीकरण गरेका थिए । कार्यक्रममा प्रतिष्ठान नेपालका भूगोलतर्फका सचिव घनश्याम रिजाल, गण्डकी प्रदेशका अध्यक्ष राजन कार्की, कास्कीका सल्लाहकार संयोजक सोमनाथ बास्तोला, कार्यक्रम संयोजक नवराज अधिकारी, प्रवक्ता सुनील गायक, सहभागी विष्णु बास्तोला लगायतले बोलेका थिए ।









सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
रिभानमा एक्यापको ३९औँ वार्षिकोत्सव, कृषि प्रदर्शनी र संरक्षणकर्मीलाई सम्मान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया