मिजुरे मिलन कफी उत्पादक सहकारीको सभा

पोखरा ।
मिजुरे मिलन कफी उत्पादक सहकारी संस्था मादी ८ को नवौं साधारण सभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै मादी गाउँपालिका ८ का वडाध्यक्ष प्रेम गुरुङले सहकारीलाई अगाडि बढाउन गाउँपालिककातर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कफी उत्पादनसहित जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले गुड नेर्वस इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा उक्त सहकारी नागिधारमा स्थापना गरिएको सो अवसरमा जानकारी गराइएको थियो ।
सहकारीमा गुड नेर्वस इन्टरनेसनल नेपालका आर्थिक तथा प्राविधिक सहयोगमा नौलो घुम्ती नेपाल द्वारा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजनाको सहयोग रकम २६ लाख, ५२ हजार ५७८ रहेको र यसका साथै घुम्ती कोषबाट बाख्रापालन, कुखुरापालन, बंगुरपालन, मौरीपालन, भैसीपालनलगायतका विभिन्न पेशा व्यवसाय गर्ने निम्न आय भएका व्यक्तिलाई सहयोग गर्दै आएको सहकारी व्यवसाय विकास अधिकृत सञ्जिपबहादुर बरालले बताए ।
कार्यक्रम मिजुरे मिलन कफी उत्पादक सहकारी संस्थाका अध्यक्ष राजकुमार गुरुङले गुड नेर्वस इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा नौलो घुम्ती नेपालद्वारा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजनाले कास्की जिल्ला भित्रका प्रायोजित बालबालिकालाई आवश्यक स्वेटर खरिद गरी व्यवसायलाई सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए ।
सहकारीको हालसम्म शेयर पूजी ५ लाख, ४५ हजार र बचततर्फ २२ लाख ५ हजार २५० छ । निवर्तमान अध्यक्ष बाबुराम क्षेत्रीले सहकारीलाई आगामी दिनमा के कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा सबैले चिन्तन गर्नुपर्ने धारणा राखे । सभाका वक्ताले सहकारीको व्यवसाय होजियारी स्वेटर व्यवसायलाई आगामी दिनमा कसरी अगाडि बढाउने र सहकारीले आम्दानीका विभिन्न पाटाहरूमा कसरी काम गर्ने भन्ने विषयमा सबैको सोच्नुपर्ने धारणा राखेका थिए ।









वैकल्पिक शक्तिको नयाँ ध्रुव: ६ घण्टाको छलफलपछि रवि र बालेनबिच सहकार्यको सहमति
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया