सेन्ट्रल गार्डनको कौसी खेती तथा बिउ बिज सहयोग

पोखरा ।
लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले पार्वती टोल पोखरा बसपार्कमा एकदिने कौसी खेती तालिम तथा बिउ बिज सहयोग कार्यक्रम सम्पन्न गरेको छ । तालिमको क्लबका संस्थापक अध्यक्ष हरि भाटले उद्घाटन गर्दै क्लबले यो वर्ष महिला दिदीबहिनी लक्षित कार्यक्रमलाई अगाडि बढाएकोमा सोही अनुरूप महिला लक्षित कार्यक्रम आयोजना गरिएको बताए ।
कृषि विज्ञ सञ्जीपबहादुर बरालले सहजीकरण गर्दै बजारको महंगीबाट परेको असरलाई थोरै भए पनि न्यूनीकरण गर्न कौसी खेती एउटा सहयोगी माध्यम भएको बताए । उनले कौसीखेतीका नाममा घरको कौसी नै मास्ने तरिकाले नभई विधि र प्रविधिको सही उपयोग गरेर खेती गर्न समेत सुझाव दिए ।
तालिममा सहभागी सम्पूर्णलाई साग, सिमी, बोडी लगायतका बिउ बिजन सहयोग गर्नुका साथै बिरुवा उत्पादन गर्ने, रोप्ने र रोग लागेमा उपचार विधिसमेत सिकाइएको थियो । कार्यक्रममा पार्वती टोल विकास संस्थाका अध्यक्षि भीमबहादुर पुनले संस्थाले निकै उपयोगी र समय सापेक्ष कार्यक्रम टोलमा ल्याइदिएकोमा आभार व्यक्त गरे ।
कार्यक्रम संयोजक लेखमाया थापाले तालिम निकै प्रभावकारी भएको र क्लबबाट प्राप्त सहयोग बिउ बिजको नर्सरीदेखि उत्पादनमा कुनै समस्या आइपरे पुनः सहयोग गर्नसमेत आग्रह गरिन् । लायन वर्ष २०२३/२४ का अध्यक्ष तुल रानाभाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्ष असफल गौतमको स्वागत र पूर्व अध्यक्ष कृष्ण रानाभाटको सञ्चालन थियो ।









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया