व्यवसायी दुर्गा प्रसाइँलाई अज्ञात समूहद्धारा कालोमोसो

समाधान संवाददाता २०८० असोज २२ गते १६:१४

पोखरा ।
व्यवसायी दुर्गा प्रसाइँलाई अज्ञात समूहले कालोमोसो दलिदिएको छ। सोमबार दिउँसो कान्तिपथस्थित होटेल एलो प्यागोडमा उनीमाथि कालोमोसो दलिएको हो।

Advertisement

व्यवसायी प्रसाइँले सोमबार दिउँसो होटेलमा पत्रकार सम्मेलन आयोजना गरेका थिए। त्यही कार्यक्रमबाट बाहिरिने क्रममा उनीमाथि कालोमोसो दलिएको हो।

पछिल्लो समय प्रसाइँले सामाजिक सुरक्षामाथि नै चुनौती दिने विवादास्पद अभिव्यक्ति दिंदै आएका थिए।

Advertisement

तपाईको प्रतिक्रिया