इजरायलमा मृत्यु भएका नेपालीको सम्झनामा राष्ट्रिय शोक

समाधान संवाददाता २०८० असोज २२ गते १८:१५

पोखरा ।
इजरायलमा भएको आतंकवादी हमलामा १० जना नेपालीको मृत्यु भएको शोकमा सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शोकको घोषणा निर्णय गरेको हो ।

यस्तै मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ दिने पनि बैठकले गरेको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए । राष्ट्रिय शोक भने पनि सार्वजनिक विदा भने नभएको सरकारका अधिकारीहरुले जनाएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया