बाल सुधारगृहमा बहिनी एडुकेयरको सहयोग

समाधान संवाददाता २०८० असोज २२ गते १८:३१

पोखरा ।
बहिनी एडुकेयर फाउन्डेसनले पोखरा सराङ्कोटस्थित बालसुधार गृहलाई खाद्यान्न लगायत सामग्री उपलब्ध गराएको छ । चामल, दाल, नुन, चिनी, चना, तेल लगायत सामग्री फाउन्डेसनले सुधारगृहलाई सोमबार उपलब्ध गराएको हो ।
फाउन्डेसनकी अध्यक्ष अधिवक्ता कुञ्जनी परियार प्यासी लगायतले उक्त सामग्री सुधारगृहलाई हस्तान्तरण गरेका थिए । सामग्री उपलब्ध गराएकोमा सुधारगृहका इन्चार्ज अजय थापाले फाउन्डेसनलाई धन्यवाद ज्ञापन गरेका थिए । खाद्य सामग्री हस्तान्तरण कार्यक्रममा फाउन्डेसनका संस्थापक एवं कार्यकारी निर्देशक सुरेन्द्र परियार र उपाध्यक्ष अभिजीत श्रेष्ठ पनि सहभागी थिए ।

Advertisement

तपाईको प्रतिक्रिया