शिंगो परिवारले मनायो पल्टनको स्थापना दिवस

पोखरा ।
कान्छी पल्टनको ६१ औं स्थापना दिवस तथा भेटघाट र शुभकामना आदनप्रदान कार्यक्रम भएको छ । कमान्डिङ अफिसर्स कर्नेल आरए खानको प्रमुख आथित्यता र आयोजक ५/ ३ जिआर (शिंगो) भूपू सैनिक संगठन, पोखरा कास्कीका अध्यक्ष सुबेदार अनेरी क्याप्टेन (सुमेअक्या) टंकबहादुर घलेको सभापतित्वमा कार्यक्रम भएको हो ।
हालै आयोजित कार्यक्रममा शिंगो संगठन धरान, दाङ, रुपन्देही बुटवल, काठमाडौं, चितवन नवलपुर र पोखराका सदस्यका साथै भूपू परिवारका सदस्यको उपस्थिति थियो । छिमेकी देश भारतबाट समेत कार्यक्रममा पाहुनाहरु आएका थिए । सुमेअक्या इन्द्रबहादुर थापा, सुमेअक्या खिमबहादुर गुरुङ, सुमे राजकुमार गुरुङ, असुमे पूर्णबहादुर गुरुङ र सुवेदार गोविन्दबहादुर थापाले कार्यक्रममा मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन संगठनका सचिव सुअक्या बुद्धिबहादुर थापाले गरेका थिए । स्वागत मन्तव्य संस्थाका प्रथम उपाध्यक्ष सीएचएम खिमबहादुर गुरुङले राखेका थिए । त्यस अवसरमा विभिन्न मनोरञ्जनात्मक प्रस्तुति पनि राखिएको थियो ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया