मणिपाल अस्पताल र माछापुच्छ्रे बैंकबीच सम्झौता
समाधान संवाददाता
२०८० असोज २४ गते १२:१२

पोखरा ।
पोखराको मणिपाल शिक्षण अस्पताल पोखरा र माछापुच्छ्रे बैंक लिमिटेडबीच सम्झौता भएको छ । कर्पोरेट स्वास्थ्य परीक्षण सुविधा योजना अन्तर्गत दुई संस्थाबीच सम्झौता भएको हो ।
अस्पतालले ल्याएको नयाँ स्वास्थ्य प्याकेज ‘व्यावसायिक प्रतिष्ठान तथा संघ, संस्था स्वास्थ परिक्षण योजना’मा अस्पताल र बैकबीच सहमति भएको हो । मणिपाल शिक्षण अस्पताल पोखराका अस्पताल प्रमुख अनिल ओड्विल र माछापुच्छ्रे बैंक लिमिटेडका गण्डकी प्रदेश प्रमुख नीलम गौतमले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
हरेक क्षेत्र र वर्गका ग्राहकहरुलाई सरल र सहज बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ वटा शाखा, १२ वटा एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ सेवा, २ सय २ वटा एटिएममार्फत १५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया