प्रदेश प्रमुख समक्ष अख्तियारको प्रतिवेदन

पोखरा ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २०७९÷८० को वार्षिक प्रतिवेदन गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई आयोग पोखरा कार्यालय प्रमुखले बुझाएका छन् । प्रदेश प्रमुखको कार्यालयमै आयोजित कार्यक्रममा आयोगका कार्यालय प्रमुख सन्तोष तिमल्सिनाले प्रदेश प्रमुख गुरुङलाई उक्त प्रतिवेदन हस्तान्तरण गरे ।
प्रतिवेदन ग्रहण गरेपछि प्रदेश प्रमुख गुरुङले लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउन र प्रणाली बसाउन अख्तियारले भूमिका खेल्ने विश्वास व्यक्त गरे । भ्रष्टाचार नियन्त्रणको काम चुनौतीपूर्ण हुने उनको भनाइ थियो । ‘सबै आधार, प्रमाण जुटाएर कारबाही बढाउनुपर्ने कार्य चुनौतीपूर्ण नै छ,’ उनले भने, ‘संविधान र व्यवस्थाप्रति जनताको आस्था जगाउने गरी काममा अख्तियार क्रियाशील हुनुपर्छ ।’
अख्तियार पोखरा कार्यालय प्रमुख तिमल्सिनाले आव २०७९÷८० मा छानबिनमा रहेका १ हजार चार सय ४२ उजुरीमध्ये नौ सय ७८ उजुरी (६७ दशमलव ८२ प्रतिशत) फछ्र्यौट भई चालु आवका लागि चार सय ६४ उजरी जिम्मेवारी सरेर आएको जानकारी दिए । उजुरी परेका क्षेत्रमध्ये संघीय मामिला (स्थानीय तहसमेत) का ३५ दशमलव ९५ प्रतिशत, शिक्षा (स्थानीय तह समेतका) १४ दशमलव ५५ प्रतिशत, भूमि प्रशासनसँग सम्बन्धित छ दशमलव०९ प्रतिशतलगायत रहेको उनको भनाइ थियो ।
आर्थिक वर्ष २०७९÷८० मा विस्तृत अनुसन्धानबाट भएको कारबाहीअन्तर्गत एक सय ६२ वटा आरोपपत्र विशेष अदालतमा दायर गर्ने निर्णय भएको कार्यालय प्रमुख तिमल्सिनाले बताए । दायर मुद्दामध्ये सबैभन्दा बढी ६४ मुद्दा गैरकानुनी लाभहानीसंग सम्बन्धित थियोे ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया