समाधानकर्मीमाथि कार्यक्रममै दुर्व्यवहार

पोखरा ।
पोखराका क्रियाशील पत्रकार एवं गोरखापत्र दैनिक र समाधान दैनिकका संवाददाता फडिन्द्र अधिकारी ‘अकिञ्चन’लाई बुधबार पोखरा सभागृहमा समाचार संकलनको क्रममा क्रियटिभ ब्रोर्डकास्टिङ मिडिया प्लसका सञ्चालक मिलन प्रतीकले दुव्र्यवहार गरेका छन् ।
सभागृहमा बुधबार भएको एक कार्यक्रममा समाचार संकलन प्रयोजनका लागि केही जिज्ञासा राख्ने क्रममा कार्यक्रम आयोजक समेत रहेका क्रियटिभ ब्रोर्डकास्टिङ मिडिया प्लसका सञ्चालक मिलन प्रतीकले अपशब्द प्रयोग गर्दै दुव्र्यवहार गरेका हुन् । उक्त घटनाप्रति पत्रकार महासंघ गण्डकीले दुव्र्यवहारको निन्दा गरेका छ ।
पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवको प्रमुख आतिथ्यतामा आयोजित सम्मान कार्यक्रममा सहभागी विद्यालयमा अध्ययनरत कलिला बालवालिकाको विषयमा जिज्ञासा राख्दा अधिकारीमाथि सञ्चालक प्रतीकले दुव्र्यवहार गरेका हुन् । सञ्चालक प्रतिकले चिनेको छस् पूर्व राष्ट्रपति पूर्व मुख्यमन्त्री, मेयर मेरो कार्यक्रममा आउनुभएको छ । यो कार्यक्रमको गरिमा कति हो थाहा छ ? भन्दै गालीगलौज साथै धाकधम्की दिएका थिए । उक्त घटनालाई पत्रकार महासंघ गण्डकीले प्रेस स्वतन्त्रता माथिको ठाडो हस्तक्षपका भएको ठहर गरेको छ ।
समाधान मिडिया प्रालि र पत्रकार महासंघ गण्डकीले दुव्र्यवहार गर्ने मिलनलाई कानुन अनुसार कारबाहीको माग गरेका छन् । साथै, समाचार संकलन, प्रकाशन एवं प्रशारण गर्ने अधिकार निर्वाध रुपमा प्रयोग गर्ने वातावरण बनाउन सम्बन्धित निकायको गभीर ध्यानाकर्षण समेत गराएको छ ।
पत्रकार महासंघ गण्डकीको विज्ञप्ति









पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया